Successfully Copied

तीजमा वाटरप्रुफ मेकअप उपयुक्त

तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ । बढी नाचगान गर्दा पसिना आएर मेकअप पखालिने भएकाले वाटरप्रुफ मेकअप गर्नुपरेको हो । मेकअप सकिएपछि मेकअप सेट स्प्रे गर्नुपर्छ । महिना दिनअघिदेखि नै केशको स्याहार गर्नुपर्छ । माछाको तेलले मसाज गर्दा केशमा चमक आउँछ

         - सावित्री लिम्बू अमात्य

              ब्युटिसियन

 

तीजमा कस्तो मेकअप गर्दा धेरै समय टिक्छ ?

तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ । बढी नाचगान गर्दा पसिना आएर मेकअप पखालिने भएकाले वाटरप्रुफ मेकअप गर्नुपरेको हो । मेकअप सकिएपछि मेकअप सेट स्प्रे गर्नुपर्छ ।

कसरी घरमै सजिलै मेकअप गर्न सकिन्छ ?

क्निन्जिङ क्रिमले अनुहार सफा गर्ने । छाला तैलीय छ भने वेट टिस्यु मात्र प्रयोग गरेर फेस सफा गर्ने । त्यसपछि हल्का मोइस्चराइजर लगाएर स्किन टोनअनुसार फाउन्डेसन दल्ने । मेकअप फाउन्डेसनमै भर पर्ने भएकाले त्यो आफूलाई सुहाउने हुनुपर्छ अन्यथा जस्तो राम्रो मेकअप पनि फिक्का हुन्छ । त्यसपछि कम्प्याक पाउडरले मेकअपलाई सेट गर्ने । यसले मेकअपलाई दिनभरि सेट राख्छ ।

आई र लिप मेकअप कस्तो हुनुपर्छ ?

फाउन्डेसन तथा कम्प्याक पाउडर लगाएर मात्र लिपिस्टिक दल्ने अनि टिस्युले ड्याप गर्ने । पाउडर लगाएर फेरि लिपिस्टिक लगाउँदा लिपिस्टिक लामो समयसम्म टिक्छ । तीजका लागि भाइब्रेट कलर अरेन्ज, पिंक तथा रेड लिपिस्टिक उपयुक्त हुन्छ । आई मेकअप डार्क छ भने गोल्ड, पिंक, ब्राउन आदि हल्का लिपिस्टिक राम्रो देखिन्छ । रातो पहिरनसँग आँखालाई स्मोकी बनाउन सकिन्छ । यसमा गोल्ड स्याडो बेस गरेर कालोले मर्ज गर्दा अझ आकर्षक देखिन्छ । आई लिडमा हल्का फाउन्डेसन लगाउने जसबाट आइस्याडोको वास्तविक रंग आउँछ । आइ बोनमा हाई लाइटर आइस्याडो लगाउने र तलको भागमा जुन कलरको आइस्याडो मन पर्छ त्यही लगाउने । गाजल लगाइसकेपछि मस्कारा लगाउँदा आँखा आकर्षक देखिन्छ । आइस्याडो, गाजल तथा मस्कारा सबै वाटरप्रुफ नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

तीजमा केशको स्याहारका लागि के गर्न सकिन्छ ?

महिना दिनअघिदेखि नै केशको स्याहार गर्नुपर्छ । माछाको तेलले मसाज गर्दा केशमा चमक आउँछ । माछाको तेल छैन भने आलमन्ड र ओखरको पेस्ट हप्ताको एकपटक लगाउने । त्यसले केशमा साइनिङ ल्याउनुका साथै केशलाई झर्नबाट समेत जोगाउँछ । यसले गर्दा तीजमा दिनभर घाममा बस्दा पनि केशको चमक जस्ताको तस्तै रहन्छ ।

तीजमा कस्तो हेयर स्टाइल सुहाउँछ ?

केशको डिजाइन गर्दा अगाडि थोरै पफ उठाएर साइड सिउँदो बनाउने र लाछा लगाएर बाट्ने अनि साइडमा चन्द्रमा, नत्थी वा रातो फूल सिउरिने ।

तीजमा कस्तो मेहन्दी उपयुक्त हुन्छ ?

तीजमा आफ्नो इच्छानुसार रिसर्व, कोहिनुर, मारवाडी, राजस्थानी आदि कलात्मक डिजाइनका मेहन्दी लगाउन सकिन्छ । तीजका लागि अरेबिक मेहन्दी नै सबैभन्दा उपयुक्त हुन्छ । मेटालिक, फेब्रिक तथा गोल्डेन मेहन्दी फेन्सी डिजाइनको मेहन्दी हुन् । ग्लिटर टाटु, ब्ल्याक, ब्राउन मेहन्दी टेम्पररी टाटुज हुन् । मेहन्दी छानेर मात्र लगाउनुपर्छ किनभने यसलाई लगाएपछि तुरुन्तै मेटाउन सकिँदैन ।

 Image