Successfully Copied

एसेसरिज

तीज यस्तो पर्व हो जुन समयमा सबैभन्दा बढी एसेसरिज खरिद–बिक्री हुन्छ । तीजमा विशेषत: महिलाहरूले बढी किन्ने भनेकै जुत्ता–ब्याग, क्लचलगायतका एसेसरिज हुन्, जसभित्र मोबाइल–कारदेखि बैंगल्स, विभिन्न फेन्सी इयररिङ, नेकलेस, फिंगर रिंग्स, हेयर क्लिप, हेयर ब्यान्डजस्ता थुप्रै चीजबिज पर्छन् ।

                          - कमला श्रेष्ठ

                  सञ्चालक, लोटस फेसन मेट्रो

तीज यस्तो पर्व हो जुन समयमा सबैभन्दा बढी एसेसरिज खरिद–बिक्री हुन्छ । तीजमा विशेषत: महिलाहरूले बढी किन्ने भनेकै जुत्ता–ब्याग, क्लचलगायतका एसेसरिज हुन्, जसभित्र मोबाइल–कारदेखि बैंगल्स, विभिन्न फेन्सी इयररिङ, नेकलेस, फिंगर रिंग्स, हेयर क्लिप, हेयर ब्यान्डजस्ता थुप्रै चीजबिज पर्छन् ।

यस्ता सामग्रीको मूल्य त्यति महँगो नपर्ने भएकाले पनि ग्राहकहरू यसतर्फ आकर्षित हुन्छन् । त्यसो त यी सामग्री मूल्यको तुलनामा बढी आकर्षक एवं सुन्दर देखिन्छन् । तीजका अवसरमा टिनएजरहरू फेन्सी एसेसरिज बढी मन पराउँछन् भने वयस्कहरू जुत्ता–ब्याग, क्लच अनि कलात्मक एवं डिजाइनदार बैंगल्स, चस्माजस्ता चीजमा बढी तानिन्छन् ।

त्यसो त यो समयमा चुरा–पोते, धागो, नेलपोलिसका साथै कस्मेटिक्सका अन्य सामग्री महिलाको रोजाइमा पर्ने सामान हुन् ।

 Image