Successfully Copied

हेयर केयर

तीज भनेको महिला स्वतन्त्रता एवं खुसीसँग जोडिएको पर्व हो । यो अवसरमा महिलाहरू आफूलाई कसरी सुन्दर देखाउने भन्ने कुरामा पनि सजग रहन्छन् । सौन्दर्यको फुल प्याकेजभित्र हेयर केयर महत्वपूर्ण र विशेष मानिन्छ । तीजका अवसरमा प्राय: राता पहिरन र त्यसमा पनि फर्मल वेयर

                        

                       नील डेबिड कटवाल,

                             हेयर स्टाइलिस्ट

तीज भनेको महिला स्वतन्त्रता एवं खुसीसँग जोडिएको पर्व हो । यो अवसरमा महिलाहरू आफूलाई कसरी सुन्दर देखाउने भन्ने कुरामा पनि सजग रहन्छन् । सौन्दर्यको फुल प्याकेजभित्र हेयर केयर महत्वपूर्ण र विशेष मानिन्छ । तीजका अवसरमा प्राय: राता पहिरन र त्यसमा पनि फर्मल वेयर (साडी, लेहेंगा, कुर्तीलगायत) बढी लगाइन्छ । लामा केश भएका प्रौढ महिला भए अगाडि पफ उठाएर पछाडि जुरो बनाउन सकिन्छ ।

महिलाहरू नाचगान एवं रमाइलोमा व्यस्त हुने हुँदा यो हेयर डिजाइन छिट्टै बिग्रने र फुस्किने सम्भावना कम हुन्छ । युवतीहरूका लागि भने लेहेंगा–कुर्ता वा कुर्तीजस्ता पहिरनमा हाफ–कर्ल हेयर स्टाइल सुहाउँछ । यतिबेला इनफर्मल वेयरमा जस्तो रफ हेयर स्टाइल सुहाउँदैन तसर्थ पहिरन–मेकअप, शारीरिक बनावट तथा छालाको रंगसँग म्याचिङ हुने गरी हेयर डिजाइन बनाउन सकिन्छ ।   

 Image