Successfully Copied

तीजमा मेहन्दी

मेहन्दी लगाएको हातमा राता–पहेंला चुराले सुनमा सुगन्ध थप्छ । यो वर्ष हत्केलाभरी भन्दा पनि निश्चित भागमा कुनै विशेष अर्थ दिने बुट्टा फेसनमा छ । यस्तो मेहन्दी डिजाइन एलिगेन्ट्स अनि आकर्षक पनि देखिन्छ ।

मेहन्दीले सुन्दर देखाउने मात्र होइन संस्कारको समेत प्रतिनिधित्व गर्छ । महिलाहरू साउन महिनामा मेहन्दी लगाउँछन् । तीजमा पनि मेहन्दी लगाउनैपर्छ भन्ने चलन सुरु भएको छ । तीजमा महिलाहरू श्रीमान्को दीर्घायुका लागि व्रत बसेजस्तै मेहन्दी लगाउनुमा पनि यसको रंगजस्तै प्रगाढ र दीर्घ सम्बन्ध होस् भन्ने अर्थ लुकेको हुन्छ भन्ने भनाइ रहिआएको छ ।

मेहन्दी लगाएको हातमा राता–पहेंला चुराले सुनमा सुगन्ध थप्छ । यो वर्ष हत्केलाभरी भन्दा पनि निश्चित भागमा कुनै विशेष अर्थ दिने बुट्टा फेसनमा छ । यस्तो मेहन्दी डिजाइन एलिगेन्ट्स अनि आकर्षक पनि देखिन्छ ।

ओमप्रकाश शर्मा

न्यू मुम्बई मेहन्दी

 Image