Successfully Copied

तीज महोत्सव

महिला सिर्जनशील केन्द्रद्वारा आयोजित १६ औं डाबर स्पेशल तीज महोत्सव गत महिना सम्पन्न भयो । ६ दिने उक्त महोत्सवको उद्घाटन माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला तथा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

महिला उद्यमीले उत्पादन गरेका सामग्रीको व्यापार विस्तार एवं प्रवद्र्धनका लागि आयोजना गरिँदै आएको महोत्सवले धेरै महिला उद्यमी उत्पादन गरिसकेको आयोजक संस्थाकी अध्यक्ष मिलु थापाले बताइन् ।

एक सयभन्दा बढी स्टल रहेको सोर्‍हौं डाबर स्पेशल तीज महोत्सवमा नजिकिँदै गएका पर्वलाई मध्यनजर गर्दै अत्यावश्यक लत्ताकपडा, भाँडाकुँडा, खाद्यसामग्री, हस्तकला साडी, गिफ्ट आइटम, होम अप्लाइन्सेस आदि उपलब्ध गराइएका थिए । उद्घाटनअघिको औपचारिक कार्यक्रममा समाजसेवी अनुराधा कोइरालालाई आयोजक संस्था महिला सिर्जनशील केन्द्रले सम्मानसमेत गर्‍यो । नारी मासिक यो महोत्सवको आधिकारिक मिडिया पार्टनर रहँदै आएको छ ।

तस्बिर : नवराज वाग्ले  

 Image