Successfully Copied

केश झर्न रोक्ने घरेलु उपचार

प्याजको जुसले केशको जरामा मसाज गर्दा केश बलियो हुन्छ भने अण्डाको सेतो भागमा ओनियन जुस मिसाइएको पेस्ट लगाई १५ देखि २० मिनेट छोडेर चिसो पानीले केश पखाल्ने । यसले केश मुलायम एवं चम्किलो बनाउनुका साथै केशलाई भित्रैदेखि मजबुत बनाउँछ ।

मञ्जु दुलाल, सौन्दर्यविद्

संस्थापक, कला हर्बल ब्युटिपार्लर

- केश झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । व्यस्त प्रोफेसनलहरूका लागि पार्लर गएर ट्रिटमेन्ट गराउने समय नहुन सक्छ ।

- मह, ओलिभ आयल तथा दालचिनीको धूलो मिसाइएको पेस्ट हप्तामा दुईपटक लगाउने । यो पेस्टलाई १५ मिनेट राखेपछि सफा पानीले पखाल्ने । यसले केश बढाउन समेत मद्दत गर्छ ।

- सुख्खा मेहन्दीको पातलाई तोरी, बदाम तथा नरिवलको तेलमा भिजाउने । त्यसलाई मखमलीको सफा कपडामा राखेर छान्ने । त्यही मनतातो तेलद्वारा हेयर मसाज गर्ने । यसले चायाँको समस्या समाधान गर्नुका साथै केश झर्नसमेत रोक्छ ।

- मेथीको पेस्ट टाउकोमा लगाउँदा केश जरैदेखि बलियो हुन्छ ।

- प्याजको जुसले केशको जरामा मसाज गर्दा केश बलियो हुन्छ भने अण्डाको सेतो भागमा ओनियन जुस मिसाइएको पेस्ट लगाई १५ देखि २० मिनेट छोडेर चिसो पानीले केश पखाल्ने । यसले केश मुलायम एवं चम्किलो बनाउनुका साथै केशलाई भित्रैदेखि मजबुत बनाउँछ ।

 

 Image