Successfully Copied

वर्षा राउत

युवा पुस्ताले रूचाएकी नायिका हुन्–वर्षा राउत । चिटिक्क परेको शरीर एवं सुन्दर अनुहारकी धनी मात्र होइन पछिल्लो समय प्रदर्शित थुप्रै चलचित्रमा देखिएको वर्षाको परिपक्व भूमिकाका कारण उनलाई मन पराउनेहरू प्रशस्तै छन् ।

युवा पुस्ताले रूचाएकी नायिका हुन्–वर्षा राउत । चिटिक्क परेको शरीर एवं सुन्दर अनुहारकी धनी मात्र होइन पछिल्लो समय प्रदर्शित थुप्रै चलचित्रमा देखिएको वर्षाको परिपक्व भूमिकाका कारण उनलाई मन पराउनेहरू प्रशस्तै छन् ।

पहिरन

प्राय: क्याजुअल पहिरनमा सजिने वर्षा घर बस्दा फेसनमा रहेका कुनै पनि क्याजुअल पहिरनमा आराम महसुस गर्छिन् । बाहिर हिँड्दा भने पाइन्ट र टिसर्ट नै उनको पहिलो रोजाइमा पर्छन् । जाडोमा लङ कोट र टिसर्ट–पाइन्ट लगाउने वर्षा गर्मीमा हट पाइन्ट लगाउँछिन् । उनी त्यति ब्रान्ड कन्सस छैनन् तर आफूलाई मनपर्ने तथा आरामदायक छ भन्ने लागेका पहिरन किन्न पछि पर्दिनन् । वर्षा पार्टीको वातावरण बुझेर पहिरन लगाउँछिन् । वर्षाको दृष्टिमा वान पिस तथा स्कर्ट अहिलेका ट्रेन्डी पहिरन हुन् ।

मेकअप

सामान्य मेकअपमा हिँड्न रुचाउने नायिका वर्षा राउतको मेकअप किटमा गाजल, क्रिम, मस्कारा तथा लिपग्लस कहिल्यै छुट्दैनन् । उनी मेकअपजस्तो संवेदनशील कुरामा कुनै सम्झौता नगरी ब्रान्डेड सामग्री नै प्रयोग गर्छिन् भने अरूलाई पनि यही सल्लाह दिन्छिन् । पहिरन, मौसम एवं अवसरअनुरूप मेकअप गर्नुपर्ने कुरामा उत्तिकै सचेत वर्षा आफू सहभागी हुने कार्यक्रमअनुसार मेकअप गर्छिन् । मेकअप सुन्दरतामा निखार ल्याउने विशेष माध्यम भए पनि प्राकृतिक लुक्स उनको प्राथमिकतामा पर्छ । सुन्दर देखिन व्यवहार पनि सकारात्मक हुनुपर्ने वर्षाको धारणा छ ।

एसेसरिज

वर्षामा सुनका गहनाको सोख छैन । बजारमा उपलब्ध विविध किसिमका एसेसरिज भने उनी पार्टी तथा विशेष ठाउँ–अवसर हेरी लगाउँछिन् । पर्स र ब्याग आफ्नो आवश्यकता तथा रुचि हेरेर बोक्छिन् । सनग्लास उनलाई मनपर्ने एसेसरिज हो । फुटवेयर छनोट पनि कार्यक्रमको स्वरूप तथा मुडमा भर पर्छ । वर्षा हिल भएकै फुटवेयर रचाउँछिन् तर उनी हिल जुत्ता पार्टी तथा सुटिङमा मात्र लगाउँछिन् । जुनसुकै क्षेत्रमा आबद्ध भए पनि ट्रेन्डलाई बुझेर पहिरन तथा एसेसरिज छनोट गर्नसके व्यक्तित्वमा निखार आउने उनको ठहर छ ।

 

 Image