Successfully Copied

ज्यापु सुन्दरीको खोजी

ज्यापु समुदायका युवतीहरुमा केन्द्रित प्रतियोगिता ‘मिस ज्यापू’ को नयाँ संस्करणको तयारी आरम्भ भएको छ । ज्यापू समुदायको मौलिक संस्कृति, जातिय पहिचान, रहनसहन, परंपरा, भेषभुषा, भाषा, मौलिक पेशा लगायतका पक्षहरुमा केन्द्रित रहने यो प्रतियोगिताको तयारी अन्तर्गत गरिने प्रशिक्षणमा पनि उल्लेखीत कुराहरुमै जोड दिइने जनाइएको

ज्यापु समुदायका युवतीहरुमा केन्द्रित प्रतियोगिता ‘मिस ज्यापू’ को नयाँ संस्करणको तयारी आरम्भ भएको छ । प्रतियोगिताको तेस्रो संस्करणको तयारीमा जुटेको आयोजक संस्था नास: मण्डलका अनुसार महर्जन, सुवाल, सिंह, डंगोल, प्रजापति, मुनिकार, व्यन्जनकार, अवाले, बलामी, गोपाली लगायतकाहरु जो ज्यापू समुदाय अन्तर्गत पर्दछन् तिनका छोरीचेलीले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागि हुन इच्छुक युवतीले शैक्षिक योग्यताको हकमा कम्तीमा पनि एसएलसी परिक्षा पूरा गरेको हुनुपर्ने, कम्तीमा पााच फिट दुई इन्च शारारिक उाचाई हुुनुपर्ने तथा १७ देखि २४ वर्ष उमेर समूह भित्र हुनुपर्नेछ ।

ज्यापू समुदायको मौलिक संस्कृति, जातिय पहिचान, रहनसहन, परंपरा, भेषभुषा, भाषा, मौलिक पेशा लगायतका पक्षहरुमा केन्द्रित रहने यो प्रतियोगिताको तयारी अन्तर्गत गरिने प्रशिक्षणमा पनि उल्लेखीत कुराहरुमै जोड दिइने जनाइएको छ । साथै प्रतियोगिताको आधारभूत प्रशिक्षणका विषयवस्तु संगै महिला शसक्तिकरण, नेतृत्व क्षमता विकास, सामाजिकिरण लगायतका पक्षहरुमा पनि सहभागिहरुलाई साक्षात्कार गराइने आयोजक पक्षले उल्लेख गरेको छ । प्रतियोगिता आउादो असोज महिनाको पहिलो साताका लागि लक्षित गरिएको छ ।  

 Image