Successfully Copied

वर्षामा केशको स्याहार

वर्षामा ओसका कारण केश चिपचिपे हुनुका साथै अल्झिने समस्या पनि सिर्जना हुन्छ । बारम्बार केश भिज्दा सही हेरचाह नपुगेर स्काल्पमा चिलाउँछ । त्यसैले हेयर केयरमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

वर्षामा ओसका कारण केश चिपचिपे हुनुका साथै अल्झिने समस्या पनि सिर्जना हुन्छ । बारम्बार केश भिज्दा सही हेरचाह नपुगेर स्काल्पमा चिलाउँछ । त्यसैले हेयर केयरमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।  

वर्षामा केशको समस्या

- फ्रिजी हेयर, केश अल्झिनु,

-  तैलीय र चिपचिपे केश,

- केश टुट्नु वा झर्नु,

-  ड्राइ स्काल्प,

- मृत र अस्वस्थ केश ।

के गर्ने ?

- ड्राइ स्काल्पबाट जोगिन मनतातो नरिवलको तेलले केश मसाज गर्नुपर्छ ।

-  चायाँको समस्या छ भने निम आयलले मसाज गर्नुपर्छ ।

- सकेसम्म केशलाई भिज्न दिनुहुँदैन । केश भिजे सुक्न दिनुपर्छ र घर पुगेपछि माइल्ड स्याम्पुले पखाल्नुपर्छ ।

- मनसुनमा माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ । स्याम्पुपछि लाइट कन्डिसनरको प्रयोग फाइदाजनक हुन्छ ।

-  केमिकलयुक्त स्याम्पुको साटो हर्बल स्याम्पु तथा कन्डिसनर प्रयोग गर्नुपर्छ जसबाट केशलाई प्राकृतिक चमक प्राप्त हुन्छ ।

-  केशलाई सातामा दुई–तीन पटक धुनुपर्छ ।

-  हेयर जेल, स्प्रे आदिबाट जोगिनुपर्छ । कारण ती प्रसाधन स्काल्पमा टाँसिएर केश चिपचिपे हुन्छ ।

-  यसैगरी मनसुनमा हेयर कलरिङ गराउनुहँुदैन ।

- ब्लो ड्राइको प्रयोग कम गर्नुपर्छ । केशमा हट टावल प्रयोग गर्नुपर्छ ।

- केशलाई नियमित रूपमा ट्रिम गर्नुपर्छ । यसबाट दुईमुखे केशको समस्या समाधान हुन्छ ।

-  हेल्दी डाइट खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

-  राति सुत्नुपूर्व स्काल्पमा औंलाले सुख्खा मसाज गर्नुपर्छ । यसबाट ब्लड सर्कुलेसन बढ्छ र स्काल्प

स्वस्थ रहन्छ ।

- सातामा एकपटक हट ओयल ट्रिटमेन्ट गराउनुपर्छ ।

मनसुन डायरी

- केश धेरै म्यासी हुन्छ । यो मौसममा डेन्ड्रफको समस्या वृद्धि हुनुका साथै केश चिपचिपे हुन्छ । यस्तोमा केश राम्रोसँग स्याम्पु गर्नुपर्छ । यसले स्काल्प सफा राख्छ र केशमा मैलो तथा डेन्ड्रफ जम्मा हुन दिँदैन ।

- केश डल हुने भएकाले बाहिर जानुपूर्व राम्रो ब्रान्डको सिरम प्रयोग गर्नुपर्छ । यसबाट केशलाई साइन र बाउन्स प्राप्त हुन्छ । नयाँ लुकका लागि नयाँ हेयर कट पनि प्रयोग गर्न सकिन्छ ।

- वर्षामा स्काल्पबाट फरक खालको नमीठो गन्ध आउँछ । यसबाट जोगिन केशलाई पानीबाट जोगाउनुपर्छ । बाहिर जाँदा केशलाई कभर गर्नुपर्छ वा क्याप प्रयोग गर्नुपर्छ ।

- वर्षामा भिजेपछि केश टुट्छ । सातामा एकपटक केशलाई मनतातो तेलले मसाज गर्नुपर्छ । यसले केशलाई पोषण प्रदान गर्छ । ठूलो दाँत भएको काइँयोले केश कोर्नुपर्छ । कहिलेकाहीँ ब्लो ड्राइ पनि गर्न सकिन्छ ।  

 Image