Successfully Copied

तीजको पूर्व सन्ध्यामा पोखरेली दिदी बहिनीको सम्मान

तीजको पूर्व सन्ध्या पारेर पोखरेली दिदी बहिनी समुह काठमाडौंले शनिवार काठमाडौंमा आयोजना गरेको दर तथा तीज सांस्कृतिक कार्यक्रममा विभिन्न महिलाहरुलाई सम्मान गरेको छ । समारोहमा क्यान्सर पीडित दुई महिलालाई आयोजक संस्थाले दश–दश हजार रुपैयाँ सहयोग गरेको थियो ।

तीजको पूर्व सन्ध्या पारेर पोखरेली दिदी बहिनी समुह काठमाडौंले शनिवार काठमाडौंमा आयोजना गरेको दर तथा तीज सांस्कृतिक कार्यक्रममा विभिन्न महिलाहरुलाई सम्मान गरेको छ ।

क्यान्सर पीडित महिलाहरुको सहयोगार्थ महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा कानूनमन्त्री यज्ञबहादुर थापाले विभिन्न क्षेत्रमा सक्रिय महिलाहरुलाई पोखरेली दिदी बहिनी समुह काठमाडौंको तर्फबाट सम्मान गर्नु भएको हो । समारोहमा समाजसेवी तथा गीतकार हेमा मानन्धर, पत्रकारद्वय अरुणा भट्टराई तथा जानुका ढकाललाई सम्मान गरिएको हो । समारोहमा अभिनेत्री सञ्चिता लुइँटेल अतिथिको रुपमा सहभागि भएकी थिइन् ।

समारोहमा क्यान्सर पीडित दुई महिलालाई आयोजक संस्थाले दश–दश हजार रुपैयाँ सहयोग गरेको थियो ।

 Image