Successfully Copied

सुन्दरताका लागि भिटामिन

स्वस्थ छालाका लागि भिटामिन ए उपयुक्त मानिन्छ । छालालाई पुन: मर्मत गर्न पनि भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । यसैगरी भिटामिन एले भरपूर डाइट खाएर तथा रेटिनाइटयुक्त नाइट क्रिम वा लोसन लगाएर पनि यसको फाइदा लिन सकिन्छ ।

भिटामिन ए : एन्टी एजिङ

स्वस्थ छालाका लागि भिटामिन ए उपयुक्त मानिन्छ । छालालाई पुन: मर्मत गर्न पनि भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । यसैगरी भिटामिन एले भरपूर डाइट खाएर तथा रेटिनाइटयुक्त नाइट क्रिम वा लोसन लगाएर पनि यसको फाइदा लिन सकिन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ ।

-  भिटामिन बीयुक्त क्रिम वा लोसनले अनुहारको दाग–धब्बा मेटाउँछ ।

-   यस्तो क्रिमले चाँडै काम गर्छ ।

-  एक हप्तामै यसको सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ ।

भिटामिन बी : रेडनेस

भिटामिन बीमा नायसिनआइड नामक तत्व पाइन्छ जुन मानिसका लागि अति नै गुणकारी हुन्छ । भिटामिन बीयुक्त क्रिम तथा लोसनले अनुहारमा देखापर्ने रातोपन वा खराबी निर्मूल पार्छ । भिटामिन बीले हाइड्रोसनको स्तर पनि बढाउँछ । अनुहारको प्राकृतिक सौन्दर्य जोगाउन भिटामिन बीको भूमिका महत्वूपर्ण हुन्छ । भिटामिन बी कुखुराको मासु, टुना, सलगम, बदाम, ब्राउन राइस, हरियो केराउ, जौ, च्याउ, खरबुजा एवं सनफ्लावरको दाना आदिबाट प्राप्त गर्न सकिन्छ ।

-  भिटामिन बीयुक्त क्रिम लगाए छालामा प्राकृतिक चमक आउनुका साथै मुलायम पनि हुन्छ ।      - - -

- भिटामिन बीयुक्त क्रिम वा लोसनले मसाज गरे छाला कसिलो हुनुका साथै सुन्दर पनि देखिन्छ ।

- सुख्खा एवं संवेदनशील छालाका लागि भिटामिन बी फाइदाजनक हुन्छ ।

भिटामिन सी : दाग–धब्बा हटाउँछ

भिटामिन सीमा छालामा चमक पैदा गर्ने तत्व हुन्छ । यसले दाग–धब्बालाई पूर्णरूपमा हटाउँछ । यो भिटामिनले क्लोजनको निर्माण गर्छ । बजारमा प्रशस्त भिटामिनयुक्त क्रिम, लोसन, सिरम, तेल आदि पाइन्छन् । खानपानबाट पनि भिटामिन सी प्राप्त गरी प्राकृतिक सौन्दर्य जोगाउन सकिन्छ । एभोकाडो, ब्रोकाउली, टमाटर, काँक्रा, कागती, स्ट्रबेरी आदिबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

-  भिटामिन सीले फाइन लाइन र सुख्खापन भगाउँछ ।

- भिटामिन सीले मृत छाला वा कमजोर छालालाई स्वस्थ बनाउँछ ।

- घरबाहिर निस्कनुअघि भिटामिन सीयुक्त क्रिम प्रयोग गरेर सन्सक्रिम लगाए अनुहारलाई फाइदा मिल्छ ।

भिटामिन ई : मोइस्चराइजर

भिटामिन ईले छालालाई हानिकारक कीटाणुहरूबाट जोगाउँछ । छालालाई हरेक कुराबाट सुरक्षा प्रदान गर्न भिटामिन ईको ठूलो भूमिका हुन्छ । भिटामिन ईले क्लोजन उत्पादन गर्छ र बूढो हुँदै गएको छालालाई तरोताजा राख्छ । भिटामिन ई क्रिम तथा लोसनबाट पर्याप्त मात्रामा भिटामिन प्राप्त गर्न सकिँदैन । प्राकृतिक रूपमा भिटामिन प्राप्त गर्न बदाम, अण्डा, काँचो मेवा, हरियो साग, अनाज आदि खानेकुरा खानुपर्छ ।

- भिटामिन ईयुक्त तेलले अनुहार तथा छालाको रातो हटाउँछ ।

- भिटामिन ईयुुक्त सिरमले सुख्खा छालालाई मुलायम बनाउँछ ।

- भिटामिन ईयुक्त तेल वा क्रिम नियमित लगाए स्ट्रेच मार्क एवं दाग–धब्बा हट्छन् ।

 Image