Successfully Copied

सञ्चारकर्मी अनिता बिन्दुको प्यारो माइती

सञ्चार क्षेत्रमा स्थापित अनिता बिन्दुले यो वर्ष तीज गीत सार्वजनिक गरेकी छिन् । केहि तीज गीत गाए पनि पछिल्लो समय गायनमा देखा नपरेकी बिन्दुले प्यारो माईती बोलको मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् ।गीतमा माईती र बालापनको वर्णन गरिएको छ ।

सञ्चार क्षेत्रमा स्थापित अनिता बिन्दुले यो वर्ष तीज गीत सार्वजनिक गरेकी छिन् । केहि तीज गीत गाए पनि पछिल्लो समय गायनमा देखा नपरेकी बिन्दुले प्यारो माईती बोलको मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् । नेपाल टेलिभिजनमा समाचार वाचन गर्ने बिन्दुले सार्वजनिक गीतमा मौलिकतालाई प्राथमिकता दिएकी छिन् ।

राउँदै गएको माईतीको महत्व र तीजको मौलिकता जोगाउनका लागि अनिताले यो गीत सार्वजनिक गरेको बताएकी छिन् । गीतमा माईती र बालापनको वर्णन गरिएको छ । लोकनाथ सापकोटाको शब्द संगीत रहेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा निर्देशक प्रकाश भट्टले मोडल अञ्जली अधिकारीलाई नचाएका छन् ।

प्यारो माईतीको मयूजिक भिडियो :

 Image