Successfully Copied

बदलिँदो समर फेसन

एक वर्ष रुचाइएका पहिरन तथा फेसन स्टाइल अर्काे वर्ष आउट हुन्छन् । त्यस्तै पुराना फेसन पनि पुन: दोहोरिरहन्छन् । त्यसैले फेसन मौसम एवं समयअनुसार पनि परिवर्तन भैरहन्छ । फेसनका साथ हिँड्ने व्यक्ति नै स्टाइलिस्ट कहलिन्छ ।

एक वर्ष रुचाइएका पहिरन तथा फेसन स्टाइल अर्काे वर्ष आउट हुन्छन् । त्यस्तै पुराना फेसन पनि पुन: दोहोरिरहन्छन् । त्यसैले फेसन मौसम एवं समयअनुसार पनि परिवर्तन भैरहन्छ । फेसनका साथ हिँड्ने व्यक्ति नै स्टाइलिस्ट कहलिन्छ । यो कुरा बुझेको युवापुस्ता स्टाइलिस्ट देखिन फेसन ट्रेन्डसँगै हिँड्न रुचाउँछ ।

यो समरमा डेली वेयरका लागि कटन टिसर्ट, सर्ट ड्रेस, फ्लेयर्ड ट्राउजर, ट्रेक्सचर्ड ज्याकेट, ए लाइन स्कर्ट आदि फेसनमा छन् । पार्टी वेयरमा सोल्डर कट, वन सोल्डर, अफ सोल्डर सर्ट ड्रेस, लङ वान पिस, गाउन आदि लगाउन सकिन्छ । विवाह तथा पारिवारिक जमघटमा लेबेन्डर, ओलिभ ग्रिन, पिच आदि पेस्टल कलरका लेहेंगा चोली, साडी,फ्लोर लेन्थ अनारकल्ली, ट्रेडिसनल टच गाउन आदि लगाउनु उपयुक्त हुन्छ ।

कामकाजी महिलाहरूले कटन वा लिनेनको सर्टका साथ लुज लेनिन पाइन्ट लगाउन सक्छन् भने लाइट वेट लेनिन ज्याकेट पनि उपयुक्त हुन्छ । यसले घामको किरणबाट जोगाउनुका साथै स्टाइलिस्ट लुक्स पनि दिन्छ । अफिसमा पनि ट्रेडिसनल आउटफिट लगाउनेहरूले कटनको साडी, कटनकै लङ कुर्ती–प्लाजो तथा कुर्ती–पाइन्ट आदि लगाउन सक्छन् । कटनको छोटो स्कर्ट, सिफन वा जर्जेटको लङ गाउन, वान पिस, सिफन वा जर्जेटको साडी, अनारकल्ली फ्लोर लेन्थ गाउन तथा कटनको स्मार्ट कुर्तीको प्रयोगबाट पनि फेसनेबल देखिन सकिन्छ ।

ब्राइट म्याजिक

समरमा सेतो रंगको आउटफिट उपयुक्त हुन्छ । गर्मीमा सेतो रंगले राहत प्रदान गर्नुका साथै आँखालाई पनि आनन्द दिन्छ । सेतो रंगका साथमा हल्का इम्ब्रोइडरी, लेस वर्क आदि पनि राम्रो देखिन्छ । सेतो रंगको कपडा किन्दा सफ्ट फेब्रिक नै चुन्नुपर्छ । सादा सेतो आउटफिट लगाउन मन छैन भने सेतोसँगै पिंक, एल्लो, एक्वा, सी ग्रिन आदि सफ्ट कलरको कम्बिनेसन तयार गर्न सकिन्छ । सेतोसँग सफ्ट कलर निकै राम्रो देखिन्छ । डे वेयरका लागि सेतो, क्रिम, एक्वा, सी ग्रिन, लेमन एल्लो जस्ता सफ्ट कलरका आउटफिट लगाउँदा सुन्दर देखिनुका साथै शीतल पनि अनुभव हुन्छ ।

 

समर स्पेशल इभिनिङ वेयर्स

इभिनिङ वेयरमा ब्राइट कलर प्रयोग गर्न सकिन्छ । इभिनिङ पार्टीमा ओरेन्ज, रेड, ब्ल्याक, मरुन, मिड नाइट ब्लु कलरको साडी, अनारकल्ली गाउन, स्कर्ट आदि लगाउन सकिन्छ । समरमा जर्जेट र सिफन, सिल्क र सिफन आदि फेब्रिकको कम्बिनेसन प्रयोग गर्न सकिन्छ । समरमा भेल्भेटका फेब्रिक बिर्सिएर पनि प्रयोग गर्नु हुँदैन ।

 

समर स्पेशल ब्राइडल वेयर्स

विवाहको दिउँसोको कार्यक्रममा लेबेन्डर, आसलभ ग्रिन, पिच आदि पेस्टल कलरको सजिलो लेहेंगा, ब्राइडल गाउन वा साडी लगाउन सकिन्छ । विवाहका लागि कपडा किन्दा आउटफिटको वजन धेरै नहोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । त्यसैले समरको विवाहका लागि हेबी इम्ब्रोइडरीको साटो रेसम वर्क, ह्यान्ड इम्ब्रोइडरी आदिलाई प्राथमिकता दिइन्छ । रातिको कार्यक्रमका लागि उज्याला रंग तथा हेबी इम्ब्रोइडरी गरिएका आउटफिट उपयुक्त हुन्छन् ।

समर स्पेशल स्मार्ट आइडिया

समरमा लगाउँदा सजिलो हुने आउटफिट छनोट गर्नुपर्छ । हेबी वर्क र डार्क कलर समरका लागि उपयुक्त हुँदैनन् । त्यसैले फेब्रिक, कलर तथा इम्ब्रोइडरी आदिमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ ।

स्ट्राइप्स, चेक्स, सफ्ट, फ्लोरल, पोल्का डट्स, एब्सट्रेक्ट जस्ता प्रिन्ट यो समर फेसनमा छन् ।

कटनको लेसका साथमा कटनकै आउटफिट राम्रो देखिन्छ । कटन लेस प्रयोग गर्दा आउटफिटको कलर सफ्ट हुनु जरुरी छ । पिंक, लेबेन्डर, एल्लोजस्ता सफ्ट कलरका साथ लेनिनको कम्बिनेसन राम्रो देखिन्छ । धेरैजसो मानिस समरमा कालो रंग लगाउन चाहँदैनन् । यद्यपि इभिनिङ पार्टीका लागि कालो रंगको गाउन, छोटो स्कर्ट वा साडी लगाउँदा एलिगेन्ट देख्न सकिन्छ ।  

 Image