Successfully Copied

फ्लोरल प्रिन्टको क्रेज

गत वर्ष फ्लोरल प्रिन्टको क्रेज थियो, जोकसैको वार्डरोवमा यसले आफ्नो स्थान बनाएको देखिन्थ्यो । २०१६ बिते पनि यसको प्रभाव भने अझैसम्म हट ट्रेन्डकै रूपमा कायम छ ।

गत वर्ष फ्लोरल प्रिन्टको क्रेज थियो, जोकसैको वार्डरोवमा यसले आफ्नो स्थान बनाएको देखिन्थ्यो । २०१६ बिते पनि यसको प्रभाव भने अझैसम्म हट ट्रेन्डकै रूपमा कायम छ । यसपटकको फेसनमा फ्लोरल प्रिन्टको जादु कायम रहनुका साथै फ्लोरल प्रिन्टमा सजिएको मलमल, कटन तथा लिनेन फेब्रिकमा विविध फेसन शैलीको आकर्षण बढ्दो छ । बोल्ड र सोफिस्डिकेटेड दुवै लुक प्राप्त हुने भएकाले फ्लोरल प्रिन्टमा सबैको रुचि देखिन्छ ।

फ्लोरल प्रिन्ट फेमिनेन हुनुका साथै फेयरदेखि डस्की कम्प्लेक्सनसम्म सबैलाई सुहाउँदो हुन्छ । गर्मीको उकुसमुकुस वातावरणमा फ्लोरल प्रिन्टको दृश्यले आँखालाई आराम प्रदान गर्छ भने आफू वरपरको वातावरण पनि ताजा र सुखद् हुन्छ । प्राय: फ्लोरल प्रिन्ट ह्वाइट बेसमा हुने कारण शानदार देखिन्छ । यद्यपि प्रिन्टको चयन गर्दा आफ्नो रुचि र व्यक्तित्वलाई ध्यानमा राख्नु जरुरी हुन्छ । स्लिम फिगरमा जहाँ ठूला फ्लोरल प्रिन्टले बोल्ड लुक प्रदान गर्छन्, त्यहीँ बल्की फिगरमा साना आकारका प्रिन्ट उपयुक्त हुन्छन् ।

 

मेक्सी ड्रेसेज : स–साना फ्लोरल प्रिन्ट भएका मेक्सी निकै प्रचलित छन् । अहिले सिंगल फ्लावर ड्रेसको पनि ट्रेन्ड छ । यतिबेला इच्छानुसार विकल्प छनोट गर्न सकिन्छ ।

क्याजुयल वेयर : पार्टी वेयरबाहेक बीच वेयर र क्याजुयल वेयरमा पनि फ्लोरल प्रिन्ट आकर्षणको केन्द्र बन्नसक्छ ।

कुर्ती जादु : गर्मीमा ताजापन महसुस गराउने प्रिन्ट उपयुक्त हुन्छ । यस्तोमा अफिस होस् वा कलेज दुवै स्थानमा फ्लोरल प्रिन्टको कुर्ती स्टाइलिस देखिन्छ ।

फ्लोरल प्रिन्ट लेहेंगा : फ्लोरल प्रिन्ट भएका लेहेंगा विवाह समारोहमा लगाउँदा शानदार देखिन्छ । गर्मीमा यस्तो पहिरनको सुन्दरताले जोकसैको ध्यान आकर्षित गर्ने क्षमता राख्छ ।

फ्लोरल प्रिन्ट ब्लेजर : समर ब्लेजरमा फ्लोरल प्रिन्टको प्रयोग स्मार्ट तथा स्टाइलिस लुक प्रदान गर्नमा हुन्छ । यसका साथमा फ्लोरल जम्प सुट समर होलिडे लुकको स्टाइलिस विकल्प

 Image