Successfully Copied

महिलाका लागि रोजगारी

अहिले सरकारी तथा निजी क्षेत्रबाट प्राकृतिकका साथै आयुर्वेदिक उपचार केन्द्र एवं अस्पताल स्थापना हुने क्रम बढेको छ । यसले होलस्टिक नर्सिङमा रोजगारीको सम्भावना बढाउँदै लगेको छ । अहिले विश्वमै आयुर्वेदिक एवं प्राकृतिक चिकित्सा विधि लोकप्रिय हुँदै गएको छ ।

अहिले सरकारी तथा निजी क्षेत्रबाट प्राकृतिकका साथै आयुर्वेदिक उपचार केन्द्र एवं अस्पताल स्थापना हुने क्रम बढेको छ । यसले होलस्टिक नर्सिङमा रोजगारीको सम्भावना बढाउँदै लगेको छ । अहिले विश्वमै आयुर्वेदिक एवं प्राकृतिक चिकित्सा विधि लोकप्रिय हुँदै गएको छ । नेपालमा अहिले होलिस्टिक नर्सिङसम्बन्धी छोटो अवधिको कोर्स गर्न सकिन्छ ।

कतिपय रोजगारीका प्रकृति यस्ता हुन्छन्, जुन महिलाका निम्ति बढी उपयुक्त मानिन्छ । एयर होस्टेज, नर्सिङ, ब्युटिसियनजस्ता क्षेत्रमा शालीन, सौम्य, सहनशील, धैर्य एवं राम्रो बानी–व्यवहारका साथै आकर्षक व्यक्तित्व आवश्यक हुन्छ । महिलाको स्वभावअनुकूल रोजगारीले उनीहरूलाई सफल पनि तुल्याउँछ ।

रिसेप्सनिस्ट

पत्रपत्रिकाको विज्ञापन हेर्ने हो भने, कहीँ न कहीँ रिसेप्सनिस्टका निम्ति आवेदन माग गरिएको हुन्छ । यसबाट पनि बजारमा रिसेप्सनिस्टको माग उच्च भएको स्पष्ट छ । त्यसमा पनि रिसेप्सनिस्टमा युवतीकै माग बढी हुन्छ । यो क्षेत्रमा रोजगारी प्राप्त गर्न शिक्षा र प्रशिक्षणका साथै आकर्षक व्यक्तित्व हुनु आवश्यक छ । जुन युवती वा युवक रिसेप्सनिस्टमा आफ्नो करियर बनाउन चाहन्छन् उनीहरूले यो क्षेत्रमा निकै राम्रो अवसर पनि प्राप्त गर्न सक्छन् ।

रिसेप्सनिस्टले आगन्तुकसँग साक्षात्कार गर्नुपर्ने भएकाले उनीहरू आकर्षक देखिनुका साथै नम्र र मीठो बोलीमा प्रस्तुत हुनुपर्छ । उनीहरूको व्यवहारबाट कम्पनीका सम्बन्धमा आगन्तुकले आफ्नो धारणा तयार गर्न सक्छन् । त्यसैले रिसेप्सनिस्टले आगन्तुकलाई सकारात्मक प्रभाव पार्ने किसिमले आफूलाई प्रस्तुत गर्नुपर्छ । रिसेप्सनिस्टमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्छ । त्यसबाहेक अन्य भाषामा पनि दख्खल भए सुनमा सुगन्ध हुन्छ भने उनीहरूमा हँसिलो अनुहारका साथै मीठो बोल्ने कला पनि चाहिन्छ ।

हेयर डिजाइनर

केशको साजसज्जामा पुरुषको भन्दा महिलाको हात छिटो चल्न सक्छ किनभने उनीहरू केशको सौन्दर्यमा बढी सचेत हुन्छन् । रचनात्मक क्षमता भएकाले यो क्षेत्रमा करियर बनाउन सक्छन् । हेयर डिजाइनर बन्न केशको प्रकृति, बनोटदेखि यसको सौन्दर्यसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान हुनुपर्छ । हेयर मेकअप, कटिङ, वेल मसाज, सेटिङ, हाइलाइट, कलरिङ आदिमा पोख्त हुनुपर्छ । केश शृंगारमा आवश्यक सम्पूर्ण सीप आर्जन गरिसकेपछि आफैले पार्लर सञ्चालन गरेर आय आर्जन गर्न सकिन्छ । यस किसिमको जनशक्ति स्वदेशी तथा विदेशी बजारमा पनि राम्रै खपत हुने गरेको छ । काठमाडौंलगायतका सहरमा हेयर डिजाइनसम्बन्धी छोटो तथा लामो अवधिको कोर्स गर्न सकिन्छ ।

 

होलिस्टिक नर्सिङ

उपचारका विभिन्न पद्धति छन्–एलोपेथिक, होमियोपेथिक, नेचुरोपेथी, अकुपञ्चर आदि । सामान्यतया नर्सिङ अध्ययन गरेकाहरूलाई एलोपेथिक पद्धतिका सम्बन्धमा सिकाइन्छ । यद्यपि अहिलेको विश्वबजारमा एउटा विधि मात्र पर्याप्त हुँदैन । यी सबै पद्धतिका बारेमा आधारभूत ज्ञान आर्जन गर्नु नै होलिस्टिक नर्सिङ हो । यसअन्तर्गत आयुर्वेदिक, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापी, नेचुरोपेथी, होमियोपेथी, योग आदि सम्पूर्ण उपचार विधिका बारेमा आधारभूत ज्ञान प्रदान गरिन्छ । एलोपेथिक मात्र नभएर अन्य सबै किसिमका उपचार विधिका बारेमा जानकारी पाइने होलस्टिक नर्सिङका लागि तालिम लिइसकेपछि रोजगारीको बाटो खुकुलो हुने सम्भावना बढी हुन्छ । अहिले सरकारी तथा निजी क्षेत्रबाट प्राकृतिकका साथै आयुर्वेदिक उपचार केन्द्र एवं अस्पताल स्थापना हुने क्रम बढेको छ । यसले होलस्टिक नर्सिङमा रोजगारीको सम्भावना बढाउँदै लगेको छ । अहिले विश्वमै आयुर्वेदिक एवं प्राकृतिक चिकित्सा विधि लोकप्रिय हुँदै गएको छ । नेपालमा अहिले होलिस्टिक नर्सिङसम्बन्धी छोटो अवधिको कोर्स गर्न सकिन्छ ।

एयर होस्टेज

थुप्रै युवती एयर होस्टेजमा करियर बनाउन लालायित हुन्छन् । यो यस्तो क्षेत्र हो जहाँ जोखिमसँगै रोमाञ्चकता पनि छ । आकर्षक व्यक्तित्व, मीठो बोली, राम्रो व्यवहार, शिष्ट एवं सभ्य युवती एयर होस्टेजका निम्ति योग्य हुन सक्छन् । एयर होस्टेजको मुख्य जिम्मेवारी विमानमा यात्रा गरिरहेका यात्रुलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउने हो । विमानले उडान भर्नुअघि यात्रुलाई व्यवस्थित गर्ने, यात्राका क्रममा आवश्यक सहयोग तथा सेवा–सुविधा उपलब्ध गराउने र अवतरणपछि सुरक्षित रूपमा उतार्ने काम एयर होस्टेजको हो ।

एयर होस्टेजका लागि अंग्रेजी भाषा अनिवार्य मानिन्छ । एयर होस्टेजअन्तर्गत व्यक्तित्व विकास, टिकटिङ एयर क्राफ्ट, जिम्मेवारी र कर्तव्य, फ्लाइट अनाउन्समेन्ट, फ्लाइट इकुमेन्ट, सुरक्षा, साधारण स्वास्थ्योपचार, बोर्डिङ कार्ड चेक गर्ने विधि, लामो र छोटो दूरीको उडानमा ब्रेक फास्ट, लन्च, डिनर सर्भ गर्ने विधि आदि सबै कुरा सिकाइन्छ ।

 Image