Successfully Copied

१६ औं तीज महोत्सव–२०७४

महिलाहरूको महान् चाड तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले १५ वर्षदेखि संचालन गर्दै आएको तीज महोत्सव यसपालि डीईसीसी नेपालको व्यवस्थापनमा यही साउन २० देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा संचालन हुँदैछ ।

महिलाहरूको महान् चाड तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले १५ वर्षदेखि संचालन गर्दै आएको तीज महोत्सव यसपालि डीईसीसी नेपालको व्यवस्थापनमा यही साउन २० देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा संचालन हुँदैछ । ‘महिलाका लागि महिला’ भन्ने मूल उद्देश्यका साथ महिला उद्यमशीलताको विकासका लागि आयोजित हुने यो महोत्सवमा महिला उद्यमीहरूले राम्रो बजार पाउने गरेका छन् ।

काठमाडौंका मात्र नभै बाहिरका महिलाहरूलाई समेत उद्यमशीलताको क्षेत्रमा अग्रसर गराउन कटिबद्ध महिला सिर्जनशील केन्द्रको डाबर स्पेसल १६ औं तीज महोत्सव–२०७४ मा १ सयभन्दा बढी स्टल समावेश हुँदैछन् भने हरेक दिन २० हजारभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ ।

महोत्सवमा तीजमा आवश्यक पर्ने सम्पूर्ण सामग्री एकै थलोमुनि पाइनुका साथै विभिन्न प्रकारका परिकार, नि:शुल्क छाला जाँच, बीएमआई टेस्ट, गरगहनामा स्पेसल अफर, सेल्फी कर्नर एवं तीजको प्रस्तुतिकरण आदि विशेष आकर्षण रहनेछन् । तीज महोत्सवको सुरुदेखि नै नारी मासिक मिडिया पार्टनर रहिआएको छ ।

 Image