Successfully Copied

स्वास्थ्य सचिव डा. किरण

गत महिना मात्र स्वास्थ्य सचिवमा नियुक्त डा। किरण रेग्मी स्वास्थ्य सचिवका लागि एक मात्र उम्मेदवार थिइन् । उनी मन्त्रालयको स्वास्थ्य विशेषज्ञसमेत हुन् ।

गत महिना मात्र स्वास्थ्य सचिवमा नियुक्त डा. किरण रेग्मी स्वास्थ्य सचिवका लागि एक मात्र उम्मेदवार थिइन् । उनी मन्त्रालयको स्वास्थ्य विशेषज्ञसमेत हुन् । रेग्मीको नियुक्तिसँगै नेपाल सरकारमा बहालवाला महिला सचिवको संख्या दुई पुगेको छ । डा। किरण राष्ट्रकवि माधवप्रसाद घिमिरेकी छोरी हुन् ।

पदभार ग्रहणका क्रममा आफूलाई सचिव नभनिदिन आग्रह गर्ने रेग्मीले आफू पहिले जसरी नै डा. किरणकै रूपमा चिनिन चाहने बताउँदै सरलताको परिचय दिएकी थिइन् । बाग्लुङबाट सेवा सुरु गरेकी रेग्मीले सुत्केरी भएको २५ दिनमै आफ्नो नवजात शिशुलाई छाडेर कर्मक्षेत्रमा खटिएको आफ्नो अनुभव सुनाइन् । संघीयतामा स्वास्थ्य संस्थाको पुनर्संरचना आफ्नो मुख्य काम भएको डा। रेग्मीको धारणा छ ।

 Image