Successfully Copied

अमेरिकी विश्वविद्यालयमा नेपाली डिन

सन फ्रान्सिस्को विश्वविद्यालयमा हालै डिन नियुक्त शवनम कोइराला–आजाद अमेरिकी विश्वविद्यालयमा डीन नियुक्त हुने प्रथम नेपाली महिला हुन् । द्विसांस्कृतिक परिवारमा हुर्किएकी शवनमकी आमा इरानी हुन् भने बाबु भारतदत्त कोइराला म्यागसेसे पुरस्कार प्राप्त पत्रकार एवं मिडिया शिक्षक हुन् ।

सन फ्रान्सिस्को विश्वविद्यालयमा हालै डिन नियुक्त शवनम कोइराला–आजाद अमेरिकी विश्वविद्यालयमा डीन नियुक्त हुने प्रथम नेपाली महिला हुन् । द्विसांस्कृतिक परिवारमा हुर्किएकी शवनमकी आमा इरानी हुन् भने बाबु भारतदत्त कोइराला म्यागसेसे पुरस्कार प्राप्त पत्रकार एवं मिडिया शिक्षक हुन् । सानैदेखि मेधावी कोइरालामा रचनात्मक शिक्षाको तीव्र भोक थियो ।

विद्यालयको पढाइपछि उनले म्यासाचुसेट्सको माउन्ट होलियोक कलेजमा छात्रवृत्ति पाइन् । उनी अमेरिकाको महिला कलेजमा ‘लिवरल आर्ट्स’ अध्ययन थालिन् । पछि उनले युनिभर्सिटी अफ क्यालिफोर्निया एट बर्कलेबाट स्नातकोत्तर र विद्यावारिधि गरिन् ।

ठीक तरिकाले शिक्षा दिइयो भने त्यसले मानिसलाई सशक्त बनाउँछ भन्ने कोइराला सबैका लागि एकै खालको मास एजुकेसनभन्दा निश्चित समूहका लागि निश्चित प्रकारको शिक्षा आवश्यक हुन्छ भन्छिन् । डिनको नियुक्ति लिइसकेकी कोइराला आफूभित्रको नेपालीपन जोगाउँदै निष्ठापूर्वक अघि बढ्न चाहन्छिन् ।

 Image