Successfully Copied

साउने वर्षा र व्रतलाई मिल्ने परिकार

पाक कलाकी सौखिन शकुन्तला दाहालको अचार नामको अचारको बजार पहिलेदेखि नै राम्रो छ । नयाँ–नयाँ परिकार बनाएर ख्वाउन रुचाउने दाहालको ३ सय वटा परिकार समावेश नयाँ रेसीपी बुक पनि सार्वजनिक हुने क्रममा छ ।

पाक कलाकी सौखिन शकुन्तला दाहालको अचार नामको अचारको बजार पहिलेदेखि नै राम्रो छ । नयाँ–नयाँ परिकार बनाएर ख्वाउन रुचाउने दाहालको ३ सय वटा परिकार समावेश नयाँ रेसीपी बुक पनि सार्वजनिक हुने क्रममा छ ।

साबुदानाको पकौडा

सामग्री : साबुदाना ५ सय ग्राम, आलु ५ सय ग्राम, हरियो धनियाँ पत्ता सानो एक मूठा, हरियो खुर्सानी ३ वटा, सनफ्लावर तेल ५ सय मिलिलिटर, भुटेको जिराको धूलो ७ ग्राम ।

विधि : साबुदानालाई ३–४ घन्टा पानीमा भिजाउने । आलु पाक्ने गरी उसिन्ने र सेलाएपछि बोक्रा ताछ्ने । साबुदानालाई पानीबाट उतार्ने, आलुसँग मुछ्ने र धनियाँ पत्ता, खुर्सानीको टुक्रा, नुन र भुटेको जिराको धूलो मिसाएर मोल्ने । आफ्नो इच्छाअनुसारको साइजमा डल्लो, चेप्टो वा अण्डाकार बनाउने । कराहीमा तताइएको तेलमा डिप फ्राई गर्ने । आगोलाई मधुरो आँचमा पकाउने । खैरो रंगको भएपछि निकालेर दहीको अचारसँग खाने ।

 Image