Successfully Copied

समझदार जोडी

नेताकी श्रीमती हुनु सुख होइन–कुराकानीको सुरुवातमै अचला सुमनले भनिन्–‘तैपनि म जे र जहाँ छु ठीक छु, खुसी छु म उहाँसँग ।’ विवाहको कुरा चल्दा (वि.सं. २०६२–०६३ ताका) मनीष जेलमा थिए । अचलाका शिक्षक बुवा मनीषका बारेमा कन्भिन्स भए ।

अचला सुमन, श्रीमती मनीष सुमन, राष्ट्रिय जनता पार्टी

नेताकी श्रीमती हुनु सुख होइन–कुराकानीको सुरुवातमै अचला सुमनले भनिन्–‘तैपनि म जे र जहाँ छु ठीक छु, खुसी छु म उहाँसँग ।’ विवाहको कुरा चल्दा (वि.सं. २०६२–०६३ ताका) मनीष जेलमा थिए । अचलाका शिक्षक बुवा मनीषका बारेमा कन्भिन्स भए । हिन्दू संस्कारअनुसार २०६३ सालमा विशुद्ध मागी विवाह गरेका  उनीहरू ११ वर्षदेखि सल्लाह र सहमति अनि समझदारीमा जीवन अघि बढाउँदै यहाँसम्म आइपुगेका छन् । राजनीतिलाई समाज परिवर्तनको दर्‍हो संयन्त्रका रूपमा बुझेकी अचला यसलाई उत्तिकै जटिल भन्न पनि हिच्किचाउँदिनन् । उनको परिभाषामा राजनीति समाजमा जकडिएर रहेका गलत प्रथा, प्रवृत्ति आदिलाई परिवर्तन गर्ने र सही कुराको संरक्षण गर्ने दर्‍हो संयन्त्र हो ।

नेपाल आयल निगमकी कर्मचारी अचला बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छिन् । उनी ८ वर्षीया छोरीलाई स्कुल पठाएर, घरधन्दा सिध्याई अफिस पुग्छिन् । घर चलाउन आवश्यक आर्थिक व्यवस्थापन उनी एक्लै गर्छिन् । यद्यपि खाद्यान्न तराईबाटै आइपुग्छ । शनिबार र छुट्टीका बेला कार्यकर्ता भेटघाट बाक्लो हुने हुँदा अचलाको दिन उनीहरूको स्वागत–सत्कारमै बित्छ । अचलालाई काठमाडौंमा आफ्नै एउटा घर भैदेओस् भन्ने इच्छा छ तर चाहनेबित्तिकै भैहाल्ने जादुको छडी कहाँ हुन्छ र मानिससँग, यसै भनेर चित्त बुझाउँछिन् उनी ।

मनीषले जहाँ जे गरेका छन् देशका लागि गरेका छन् भन्ने बुझेकी अचला श्रीमान्को राजनीतिक करियरमा बाधा–अड्चन नआओस् भनेर नै घरपरिवार  सम्हालेर बसेकी छिन् । ९ कक्षा पढ्दादेखि नै सद्भावनाको विद्यार्थी मञ्चमा रहेर राजनीति सुरु गरेका पूर्वसद्भावना पार्टीका महासचिव मनीष सुमन पब्लिक फिगर हुन् तर अचला आफ्ना श्रीमान्लाई व्यक्तिगत रूपमा पाउँदा खुसी हुन्छिन् अर्थात् बढी पब्लिक भएको उनलाई राम्रो लाग्दैन । पार्टीको कामले अत्यन्त व्यस्त हुने आफ्ना श्रीमान्को व्यस्तताका कारण कतिपय समस्या आइपर्छन् तर उनी त्यसलाई सहजै समाधान गर्छिन् । अचला भन्छिन्–‘जहाँ, जसरी, जे गरिरहनुभएको छ सफल हुनुहोस् । मुलुकका लागि राम्रो गर्न सक्नुहोस्, घरपरिवार भन्ने कुरा चल्दै गर्छ ।’

श्रीमतीका सम्बन्धमा मनीष

अचला मेरो भरोसायोग्य साथी हुन् । मेरी छोरीको स्याहार–सुसार र घर–व्यवहारमा उनको ठूलो योगदान छ । कामकाजी भएकीले सानो कुराका लागि पनि मेरै भर परेर बस्दिनन्, त्यस्ता समस्या स्वयं हल गर्छिन् । मेरो राजनीतिक जीवनलाई अघि बढाउनमा उनको ठूलो भूमिका छ । म जहाँ छु र जहाँसम्म पुग्छु त्यसको श्रेय उनैलाई जान्छ ।

 Image