Successfully Copied

मिस नेवासँग रमाए बौद्धिक अपाङ्गता भएका बालबालिका

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु शनिबार निकै खुसी देखिए । मिस नेवा : ११३७ इशु श्रेष्ठ र उनका साथीहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाको मुहारमा मुस्कान ल्याएका हुन् ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु शनिबार निकै खुसी देखिए । मिस नेवा : ११३७ इशु श्रेष्ठ र उनका साथीहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाको मुहारमा मुस्कान ल्याएका हुन् ।

नेपालमा पनि बिशेष (बौद्धिक अपाङ्गता भएका) बालबालिकहरु रहेको र उनीहरुले पनि कला, साहित्य, सागीत, खेलकुद जस्ता क्षेत्रमा विभिन्न काम गर्न सक्छन भनेर उनीहरुलाई प्रोत्साहित गर्न स्पेशल ओलम्कि नेपालको गठन भएको छ । सोही स्पेशल ओलम्पिक नेपालले शनिबार राजधानीमा आयोजना गरेको पहिलो गाला इभेन्टमा बौद्धिक अपाङ्गता भएका बालबालिकहरुले रम्ने अवसर पाए ।

मिस नेवा इशु श्रेष्ठले मिस नेवाकै सोसियल एम्बेस्डर कृजना डागोल र किड क्विन नेपाल–२०१७ की सोसियल एम्बेस्डर सजना खड्कासँग मिलेर बौद्धिक अपाङ्गता भएका बालबालिकालाई स्टेशनरी तथा खेलकुदका सामग्री वितरण गरे । स्पेशल ओलम्पिक नेपालका सल्लाहकार पूर्व मन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले प्रमुख अतिथिका रुपमा सो स्टेशनरी र खेलकुदका सामग्रीहरु बौद्धिक अपाङ्गता भएका बालबालिकालाई प्रदान गरेका हुन् । यस्ता बालबालिकालाई प्रोत्साहित गर्न स्पेशल ओलम्पिक नेपाल गठन गर्नु सराहनीय कार्य भएको पूर्व मन्त्री सिंहले बताए । सरकारले पनि यस्ता बालबालिकाको बारेमा केही गर्नु पर्ने उनको भनाई छ । मिस नेवा लगायतबाट उनीहरुका लागि प्रदान गरिएको स्टेशनरी सामग्रीको पूर्व मन्त्री सिंहले खुलेर प्रसंसा गरे ।

मिस नेवा इशु श्रेष्ठले विधार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामग्री वितरण गर्ने क्रममा यस पटक बौद्धिक अपाङ्गता भएका बिधार्थीहरुलाई यी सामग्री प्रदान गरिएको बताईन् । सामग्री हस्तान्तरण पछि बौद्धिक अपाङ्गता भएका विधार्थीहरुले मिस नेवा इशु लगायत गायक निर्णय श्रेष्ठ तथा अन्य सेलिव्रेटीसँग रम्ने अवसर पाए । उनीहरुले चित्रकला तथा अन्य कला सृजना गरे ।

स्पेशल ओलम्पिक नेपालकी अध्यक्ष शिक्षिता श्रेष्ठले अन्तराष्ट्रिय स्पेशल ओलम्पिकसँग स्पेशल ओलम्पिक नेपाल आबद्ध भएको बताईन् । बौद्धिक अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरुलाई आउँदा दिनमा बिशेष ओलापिकमा सहभागी गराउने बताईन् । उनीहरुलाई पहिलो पटक एकै ठाउामा भेला गरेर खेलकुद बारे जानकारी गराउँदै चित्रकला लगायतका कला सृजनामा उतारेको पनि शिक्षिताले बताईन् । सोही कार्यक्रममा ती बिशेष बालिबालिकाको आँखा तथा दन्त परिक्षण र उपचार पनि गरियो । सो कार्यक्रमको व्यबस्थापन नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले गरेकी थिईन् । कार्यक्रममा काठमाडौं उपत्यकाका तीन ओटा विशेष विधालयका एक सय १० जना बौद्धिक अपाङ्गता भएका बिधार्थी सहभागी थिए ।

 Image