Successfully Copied

बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल

किशोरावस्थामा बालबालिकाको शारीरिक तथा मानसिक विकास हुन्छ । सामान्यतया बार्‍ह वर्षको उमेरपछि बालबालिकामा आउने हार्मोनको फेरबदलले उनीहरूको शरीरका साथै मनमा पनि गहिरो असर पार्छ । त्यसैले यो उमेरमा उनीहरूको विशेष हेरचाह गर्नुपर्छ ।

किशोरावस्थामा बालबालिकाको शारीरिक तथा मानसिक विकास हुन्छ । सामान्यतया बार्‍ह वर्षको उमेरपछि बालबालिकामा आउने हार्मोनको फेरबदलले उनीहरूको शरीरका साथै मनमा पनि गहिरो असर पार्छ । त्यसैले यो उमेरमा उनीहरूको विशेष हेरचाह गर्नुपर्छ ।

किशोरीका लागि

  • किशोरावस्थामा प्रवेशसँगै शारीरिक विकास हुन थाल्छ । महिनावारीको सुरुवात पनि यही बेलादेखि प्रारम्भ हुन्छ । यस्तो बेलामा हरेक आमाले छोरीको विशेष हेरचाह गर्नुपर्छ जुन उनीहरूको जिम्मेवारी हो।
  • किशोरीहरूमा हुने शारीरिक तथा जैविक परिवर्तनका बारेमा उनीहरूलाई सानैदेखि शिक्षा दिनुपर्छ । यसो गर्दा उनीहरूले लाज तथा दु:खको सामना गर्नु पर्दैन ।
  • पर्सनल हाइजिनका बारेमा उचित जानकारी दिने । यसका साथै इनर वेयर रोज्ने कुरामा पनि सहयोग गर्ने ।
  • महिनावारी हुन थालेपछि किशोरीहरूलाई सामान्यभन्दा दुई गुना क्याल्सियम र आइरनको आवश्यकता हुन्छ । त्यसैले खानामा हरियो सागपात, फलफूल तथा दूधको मात्रा बढाउने ।
  • किशोरीहरूमा छालासँग सम्बन्धित समस्या बढी देखिन्छ । यो उमेरमा केटीहरू आफ्नो सौन्दर्यलाई लिएर बढी सजक हुन्छन् । छालामा आउने समस्याले गर्दा उनीहरूमा हीन भावना पलाउँछ । उनीहरूलाई यो सामान्य समस्या हो भन्ने कुराको जानकारी गराउनुपर्छ । यो केही समयपछि आफै ठीक हुन्छ ।
  • किशोरीहरूमा यौन दुव्र्यवहारका घटना बढेको सुन्न पाइन्छ । त्यसैले यौन दुव्र्यवहारका बारेमा बुझाउनुपर्छ । त्यसका साथै एचआइभी तथा एड्सजस्ता खतरनाक रोगका बारेमा पनि जानकारी दिनुपर्छ । आत्मरक्षाका लागि केही तालिम दिन सकिन्छ । यसका लागि जुडो–कराँतेको प्रशिक्षण लाभदायक हुन्छ ।

 Image