Successfully Copied

१५ औं किड क्विन नेपाल पूर्णिमा

आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपालचोककी ९ वर्षीया पूर्णिमा थापाले ‘१५ औं किड् क्विन नेपाल–२०१७’को उपाधि जितेकी हुन् ।

आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपालचोककी ९ वर्षीया पूर्णिमा थापाले ‘१५ औं किड् क्विन नेपाल–२०१७’को उपाधि जितेकी हुन् । उपाधीसँगै उनले क्राउन र विभिन्न उपहार प्राप्त गरिन् ।नेप्लिज फेशन होमद्धारा बुधबार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा अल्ड्रिना श्रेष्ठ फस्ट रनरअप र कोहिनुर भारतीले सेकेन्ड रनरअपको उपाधि एवं पुरस्कार जिते । सो प्रतियोगितामा विभिन्न अन्य उपाधिकालागि पनि प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत मिस पर्सनालिटीको उपाधि एन्जल कार्कीले, मिस डिसिप्लेनको उपाधि सामना श्रेष्ठले, बेस्ट ड्रेसको उपाधि बियन्का श्रेष्ठले, मिस ट्यालेन्टको उपाधि दियानी केसीले, नेप्लिज फेशन होम शोसियल वेलफेयर चिफको उपाधि सजना खड्काले हाासिल गरे । 

यस्तै सिम इन्नोसेन्ट अजुवी वाग्ले, मिस फ्रेन्डसिप सबनम राउत, मिस चार्मिङ सुयोसा गिरी, बेस्ट स्माईल आयष्मा बाजुराली, बेस्ट स्किन बिराागना वाग्ले, मिस फोटोजेनिक कृतिका चौधरी र बेस्ट हेयरको उपाधि हेमा लामाले जिते । ९ देखि १३ वर्षका बालिकाहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि १५ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं उधोग मन्त्री नबिन्द्रराज जोशीले यस्ता प्रतियोगिताले भोलिका कर्णभार बालिकाहरुको अहिलेदेखि प्रखर, जिम्मेवार र प्रतिभावान हुने भनाई राखे ।

रोहिया महर्जनको कोरियोग्राफी एवं रोजिन शाक्य र सुनिता डंगोलको सञ्चालनमा सम्पन्न सो अन्तिम प्रतियोगिताको निर्णायकमा गायिका धन एवं सञ्चारकर्मी लामा, नेपाल बुटिक एशोशियसनका सास्जथापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, लायन्स पवनकुमार थापा, सञ्चारकर्मी अरुणा भट्टराई, व्युटिसियन मञ्जु कार्की, मिस नेवा इशु श्रेष्ठ लगायत थिए । 

 Image