Successfully Copied

कसरी सफल हुने

आधुनिकतासँगै मानिसका आवश्यकताहरू पनि फेरिएका छन् । यससँगै जीवनशैली नफेरिने कुरै भएन । बढ्दो आवश्यकता परिपूर्तिका लागि महिला–पुरुष दुवै कामकाजी हुनुपर्ने बाध्यता छ । फलत: पुरुषको वर्चस्व भएका कतिपय क्षेत्रमा महिलाहरू पनि अग्रसर हुन थालेका छन् ।

आधुनिकतासँगै मानिसका आवश्यकताहरू पनि फेरिएका छन् । यससँगै जीवनशैली नफेरिने कुरै भएन । बढ्दो आवश्यकता परिपूर्तिका लागि महिला–पुरुष दुवै कामकाजी हुनुपर्ने बाध्यता छ । फलत: पुरुषको वर्चस्व भएका कतिपय क्षेत्रमा महिलाहरू पनि अग्रसर हुन थालेका छन् । महिलाहरू हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल छन् । हरेक क्षेत्रमा महिलाहरू आफ्नो छुट्टै पहिचान तथा अस्तित्व कायम गर्न लागिपरिरहेको यो अवस्थामा महिलाले कसरी सफलता प्राप्त गर्ने भन्ने चुनौती पनि छ ।

सिक्ने प्रयास

हरेक क्षेत्रमा प्रगतिको मुख्य औजार शिक्षा हो । मानिस सिकाइबाटै शिक्षित हुन्छ । अत: आफूलाई बढी शिक्षित बनाउन विभिन्न पुस्तक पढ्नुका साथै सभा, सम्मेलन, कार्यशाला एवं समारोहहरूमा भाग लिनुपर्छ ।

सुनिश्चित लक्ष्य

सफलता प्राप्तिका लागि योजना प्रमुख कुरा हो । जस्तो किसिमको करियर छनोट गरिँदैछ उक्त क्षेत्रका बारेमा धेरै भन्दा धेरै जानकारी एवं ज्ञान जुटाउनु आवश्यक हुन्छ ।

वक्तृत्वकला

जुनसुकै क्षेत्र किन नहोस् त्यसमा सफल हुन वक्तृत्वकला पनि प्रमुख हतियार हो । बोलीमा निपुण भएर अरूलाई प्रभावित गर्ने हिसाबले गरिने वार्तालापले सफलताको सिंढी चढ्न मद्दत पुर्‍याउँछ ।

जनसम्पर्क

आजको जमाना सहकार्यको हो । जोसँग ठूलो समूह अर्थात् नेटवर्किङ छ ऊ शक्तिशाली कहलिन्छ । त्यसकारण सफल र शक्तिशाली कहलिन आफ्नो जनसम्पर्क बिस्तार गर्न केही समय छुट्याउनु जरुरी हुन्छ ।

आत्मविश्वास

जस्तोसुकै परिस्थितिमा पनि आत्मविश्वास डगमगाउन नदिई अघि बढे सफलताको शिखर चुम्न कसैले रोक्न सक्दैनन् ।

व्यक्तिगत अनुशासन

सफल महिलाहरू अनुशासनमा ठूलो विश्वास राख्छन् । अनुशासित जीवन एवं कामले छवि स्वच्छ रहनुका साथै अरूले गर्ने मूल्यांकन पनि उच्च हुन्छ ।

समयसँगै चल्ने कला

हरेक क्षेत्रमा सफलता प्राप्त गर्न समयसँगै अघि बढ्न सक्ने खुबी आवश्यक हुन्छ ।

सच्चा मित्र

हरेक सफलताका पछाडि कसै न कसैको हात हुन्छ । तसर्थ यस्तो मित्र बनाउनु आवश्यक छ जसले कठिन परिस्थितिमा पनि साथ दिएर अघि बढाउन सहयोग गरोस् ।

उचित पहिरन

आफ्नो काम र क्षेत्रअनुकूलको पहिरन लगाउनुपर्छ । सही वेशभूषाले व्यक्तित्वमा निखार ल्याउँछ जसबाट सम्पर्कमा आएका व्यक्तिलाई सजिलै आफूतिर आकर्षित तुल्याउन सकिन्छ अनि प्रथम भेटमै प्रभावशाली छवि छाड्न मद्दत मिल्छ ।

 Image