Successfully Copied

अनुपमा भइन् स्कूल प्रिन्सेस् नेपाल

हालै आर.के. इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको ‘स्कूल प्रिन्सेस् नेपाल २०१७’ नामक प्रतियोगितामा सिद्धार्थ बनस्थली स्कूलकी अनुपमा श्रेष्ठ नगद पुरस्कार रु २५ हजार सहित प्रतियोगिताको शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन्

हालै आर.के. इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको ‘स्कूल प्रिन्सेस् नेपाल २०१७’ नामक प्रतियोगितामा सिद्धार्थ बनस्थली स्कूलकी अनुपमा श्रेष्ठ नगद पुरस्कार रु २५ हजार सहित प्रतियोगिताको शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् । स्कूल अध्ययनरत ३६ जना छात्राहरुको सहभागिता रहेको सो प्रतियोगिताको विजेता भएसंगै टर्कीमा संचालन हुने इन्टरनेसनल चाइल्ड आइकनमा नेपालबाट सहभागि हुने अवसर पनि प्राप्त गरेकी छिन् । प्रतियोगितामा एलआरआई स्कूलकी गरिमा श्रेष्ठ स्कूल एम्बेसडर तथा युरिका स्कूलकी छात्रा वर्षा बस्नेत स्कूल आइकन उपाधिका विजेता चयन भएका थिए । उनीहरुले क्रमश: नगद पुरस्कार रु १५ तथा १० हजार प्राप्त गरेका थिए । सो प्रतियोगितामा रश्ना अधिकारी पब्लिक च्वाइसको विधाको विजेता भए संगै रु पाँच हजार नगद पुरस्कारको हकदार बनिन् ।

 Image