Successfully Copied

आत्महत्याको मुख्य कारक डिप्रेसन

डिप्रेसन एक प्रकारको मानसिक रोग हो । मन उदास हुने, कुनै कुरामा रुचि नलाग्ने, शरीर शिथिल एवं कमजोर अनुभव हुने, बोल्न, हाँस्न, रमाउन, कुरा गर्न, खान, लाउन, माया गर्न केहीमा पनि रुचि हुँदैन भने रोग बढ्दै गएपछि बाँच्ने इच्छा पनि कम हुँदै जान्छ

आत्महत्याको मुख्य कारक डिप्रेसन कस्तो प्रकारको रोग हो ?

डिप्रेसन एक प्रकारको मानसिक रोग हो । मन उदास हुने, कुनै कुरामा रुचि नलाग्ने, शरीर शिथिल एवं कमजोर अनुभव हुने, बोल्न, हाँस्न, रमाउन, कुरा गर्न, खान, लाउन, माया गर्न केहीमा पनि रुचि हुँदैन भने रोग बढ्दै गएपछि बाँच्ने इच्छा पनि कम हुँदै जान्छ । त्यतिबेला मर्न पाए हुन्थ्यो भन्ने सोच बारम्बार आइरहन्छ । कसरी मर्ने भन्ने सोच बलियो हुँदै जान्छ फलस्वरूप आत्महत्या गर्ने सम्भावना बढ्छ ।

डिप्रेसन कस्ता–कस्ता प्रकृतिका हुन्छन् ?

डिप्रेसन सेनाइल (आत्महत्या गर्ने मन लाग्ने), न्यूरोटिक (रोग लाग्यो भनेर डर), साइकोटिक (धेरै शंका गर्ने), स्टुपर (नचली, नबोली बस्ने), एजिटेटेड (छटपटी हुने), रेटाडेड (कम बोल्ने र टोलाउने) आदि हुन्छन्। 

टिनएजर्समा आत्महत्याको घटना धेरै देखिनुको कारण के होला ?

किशोर–किशोरीहरूमा आत्महत्याको प्रमुख कारण भावनात्मक पीडा मानिन्छ । यो कुरामा परिवार तथा स्कुलको ध्यान जानुपर्छ ।

आत्महत्या गर्नसक्ने खतरालाई कसरी पहिचान गर्न सकिन्छ ?

यस्ता निराश मानिसले घरमा विष, हातहतियार वा डोरी किनेर ल्याएका छन् भने सतर्क हुनुपर्छ । आफ्ना महत्वपूर्ण वस्तुहरू अरूलाई दिन वा बाँड्न थाले भने पनि शंका गर्नुपर्छ । ठूलो आर्थिक संकटमा परेका, जागिर गएका वा डिभोर्स गरेका मानिसहरू टोलाएर बस्ने र केही काम गर्न नखोज्ने तथा अरूसँग घुलमिल नहुने संकेत पाउँदा पनि शंका गर्नुपर्ने हुन्छ ।

आत्महत्यालाई कसरी रोक्न सकिन्छ ?

आत्महत्यालाई पूर्णरूपमा रोक्न नसके पनि धेरै हदसम्म कम गर्न सकिन्छ । आत्महत्याका कारक मानिने नकारात्मक असरहरू घटाउन सके आत्महत्याका घटना धेरै हदसम्म कम गर्न सकिन्छ । डिप्रेसन, मानसिक असन्तुलन, मद्यपानको कुलत, लागूपदार्थ दुव्र्यसन, दीर्घ रोगहरू, एचआइभी/एड्स आदिका कारण आत्महत्या हुने भएकाले यस्ता समस्याको पहिचान गरी उपचार गर्ने हो भने पनि आत्महत्याको दुर्घटना रोक्न सकिन्छ ।

 Image