Successfully Copied

फलफूल र सलादको मौसम

गर्मी मौसम प्रारम्भ भएको छ । तात्तिएको मौसमका कारण काम गर्ने जोस–जाँगरमा पनि कमी आउँछ भने बिहान अबेरसम्म सुत्न मन लाग्छ । फलस्वरूप दिनको सुरुवात नै बोझिलो हुन्छ ।

गर्मी मौसम प्रारम्भ भएको छ । तात्तिएको मौसमका कारण काम गर्ने जोस–जाँगरमा पनि कमी आउँछ भने बिहान अबेरसम्म सुत्न मन लाग्छ । फलस्वरूप दिनको सुरुवात नै बोझिलो हुन्छ । कामका लागि दिनभर बाहिर हिँडडुल गर्नेहरूलाई गर्मीले अझ अप्ठ्यारो पार्ने गरेको छ । यस्तो अवस्थामा यात्रामा निस्कनसमेत गाह्रो हुन्छ । यस्तै विविध कारणले स्वास्थ्यमा समेत समस्या उत्पन्न हुनसक्छ । यस्तो गर्मीमा फुर्तिलो रहन खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्ने किस्ट मेडिकल कलेजकी डाइटिसियन रश्मि बजिमय बताउँछिन् । गर्मी मौसममा फलफूल तथा सलाद खाँदा शरीरमा फुर्ती प्राप्त हुन्छ । यी खानेकुरा स्वास्थ्यका दृष्टिले समेत लाभदायक मानिन्छन् ।

गर्मीमा शरीरलाई स्वस्थ एवं चिसो राख्न पानी अत्यावश्यक हुन्छ । पिउने पानी स्वस्थ हुनुपर्छ । सुख्खापन, बढ्दो भीडभाड तथा फोहोरका कारण मुहानको पानीमा कीटाणु मिसिएका हुन सक्छन् । त्यसैले गर्मी वा जाडो मौसममा उमालेको पानी पिउनु उचित हुन्छ ।

  •     गर्मीमा पसिना बग्ने भएकाले शरीरको सोडियम खेर गैरहेको हुन्छ । त्यसैले साग तथा सलाद प्रशस्त मात्रामा खानुपर्छ । साग तथा सलाद खाँदा थोरै नुन हालेर खाए शरीरको सोडियम ब्यालेन्स हुन्छ ।
  •     साग र सलादमा पानीको मात्रा ९५ प्रतिशत हुन्छ । यसबाट प्रशस्त मात्रामा प्रोटिन पनि पाइन्छ । साग तथा सलाद तातोपानीले पखालेर खानुपर्छ ।
  •     सलादका लागि टुसा उम्रिएको चना तथा मुंगमा बिरेनुन, कागती तथा काँचो तोरीको तेल मोलेर स्वादिलो बनाउन सकिन्छ । यसो गर्दा मिनरल्स तथा भिटामिनसँगै प्रोटिन पनि प्राप्त हुन्छ ।
  •     सलाद खाए कब्जियतको समस्या
  •     कम हुन्छ ।
  •     यो मौसममा फलफूल खानु स्वास्थ्यका दृष्टिले बढी लाभदायक हुन्छ । ताजा तथा हरिया फलफूलले पानीको कमी समेत पूरा गर्छन् ।
  •     फलफूलमा भिटामिन तथा मिनरल्सको मात्रा बढी हुन्छ । फलफूलमा पानी पनि हुन्छ जसले गर्दा शरीरमा फुर्ती
  • प्राप्त     हुन्छ ।
  •     फलफूलमा भिटामिन सी तथा एको मात्रा बढी पाइन्छ । फलस्वरूप रोगप्रतिरोधक क्षमता बढ्नुका साथै मांसपेशीसमेत बलियो हुन्छ ।
  •     भिटामिन एले रतन्धो हुनबाट जोगाउँछ । भिटामिन ए आँखा सुख्खा हुने समस्यामा पनि फाइदाजनक हुन्छ ।
  •     फलफूलमा क्यालोरीको मात्रा न्यून हुन्छ । फलफूल खाँदा पेट त भरिन्छ तर शरीरमा बोसो लाग्ने सम्भावना हुँदैन ।
  •     फलफूलमा साइटिक एसिड हुने भएकाले स्किन पनि राम्रो हुन्छ ।
  •     फलफूलमा आइरनको मात्रा प्रशस्त हुने भएकाले एनिमियाँबाट जोगिन सकिन्छ ।
  •     फलफूलमा छिटो पाक्ने तथा ठूलो हुने विषादी मिसाइने भएकाले राम्रोसँग मनतातो पानीले पखालेर खानुपर्छ ।
  •     जुसको तुलनामा फलफूल नै खानु फाइदाजनक हुन्छ । फलफूलबाट फाइबर प्राप्त हुनुका साथै त्यसले पाचनप्रणालीलाई समेत सघाउ पुर्‍याउँछ ।
  •     गर्मी मौसममा नरिवलको पानी पिउनु लाभदायक हुन्छ । दही, मोही, कागती तथा पुदिनाको पानी पनि यो मौसममा फाइदाजनक हुन्छन् ।
  • नोट : खानेकुरामा प्रशस्त मात्रामा फलफूल तथा तरकारी समावेश गर्नसके संसारभर लगभग ८० लाख अकाल मृत्यु रोकथाम गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।

उपयोगी प्याज

  •     सलादका रूपमा प्याज खान सकिन्छ जसले गर्मीमा लाग्ने लुबाट जोगाउँछ ।
  •     नियमित रूपमा प्याज खाँदा पाचन रस उत्पादन भएर खानेकुरा राम्रोसँग पच्छ ।
  •     कतिपयलाई गर्मी मौसममा पिसाब रोकिने समस्या हुन्छ । त्यस्तो समस्या भए प्याजको रस पिउँदा फाइदा पुग्छ ।
  • काँचो प्याज खाए पत्थरीको समस्या भएकाहरूलाई फाइदा मिल्छ ।

गर्मी मौसमका फलफूल

तरबुजा, खबुजा, आँप, लिची, मेवा, आरुबखडा, आरु, स्याउ आदि ।

सलादका लागि : मुला, गाजर, काँक्रा, उसिनेको बन्दा, ल्याटस, प्याज तथा गोलभेंडा ।

 Image