Successfully Copied

रिमिक्षा, सम्पदा र सान्द्रालाई ‘लिटिल स्टार २०१७’को ताज

‘लिटिल स्टार २०१७’को उपाधि रिमिक्षा रेग्मी, सम्पदा सत्याल र सान्द्रा बुढाथोकीले जितेका छन् । कोलम्बस स्कुलकी रिमिक्षाले स्मल, काठमाडौं बिद्याकुन्जकी सम्पदाले मिडिल र रुपिज स्कुलकी सान्द्राले बिग तर्फको उपाधि जितेका हुन् ।

‘लिटिल स्टार २०१७’को उपाधि रिमिक्षा रेग्मी, सम्पदा सत्याल र सान्द्रा बुढाथोकीले जितेका छन् । कोलम्बस स्कुलकी रिमिक्षाले स्मल, काठमाडौं बिद्याकुन्जकी सम्पदाले मिडिल र रुपिज स्कुलकी सान्द्राले बिग तर्फको उपाधि जितेका हुन् । शिर्ष विजेता तीन सबैलाई रुपिज स्कुलकी निर्देशक रुपिज सिंह र सिविल बैंकका सिइयो किसोर महर्जनले नगद रु १० हजार ट्रफिका साथमा बिभिन्न उपहार प्रदान गरे ।

आर्मी अफिसर्स क्लब सुन्धारमा शुक्रबार अबेर साँझ सम्पन्न कार्यक्रममा स्मल ग्रुप तर्फ रुपिज स्कुलका रुद्राक्ष झा फष्ट रनरअप र अर्थवा जेवी पाण्डे सेकेन्ड रनरअफ चुनिदा मिडिल ग्रुप तर्फ रुपिज स्कुलका सम्पुर्ण रेग्मी फष्टरनर अफ र रोज वर्ड स्कुलका श्रृजित श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । प्रतियोगीतामा बिग तर्फ फष्ट रनरअफ र सेकेन्ड रनरअफ क्रमश विल्सन स्कुलकी एस्वेश्री गिरी र त्रियोग स्कुलका लिसा डंगोल विजेता बने ।

गायिका संगिता राना प्रधान, नृत्य निर्देशक कमल राई, हेर स्टाइलिस निल डेबिट कटुवाल, किस्टर नेपाल सुरज चिल्वाल, मोडल जोत्सना योगी, अस्मिता लामिछाने, मिस एभरेष्ट आकांक्षा भट्टराई, अन्तिराष्ट्रिय मोडल दीपक घिमिरे, मोडल अनुप सक्सेना, बक्सर नाक्स बस्नेत लगायत प्रतियोगीतामा निर्णायक रहेका थिए । ६ देखि १४ बर्षसम्मका ७२ बालबालिकाले अन्तिमस्पर्धा गरेको प्रतियोगीतामा ६ देखि ८ स्मल ग्रुप, ९ देखि ११ मिडिल ग्रप र १२ देखि १४ बर्षसम्मका बालबालिकालाई बिग गु्रप गरेर तीन भागमा बिभाजन गरिएको थियो ।

एनोवेसन इवेन्ट म्यानेजमेन्ट आयोजनामा सोविज मिडिया ग्रुपको सहकार्य रहेको प्रतियोगीताको उदेश्य बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई सुनौलो भबिस्य निर्माणमा अग्रसर रहन मार्ग निर्देशन गर्ने रहेको आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्ट अध्यक्ष महेश केसीले बताए । अभिनेता जीवन गिरी, गिता पुरी, रस्मिना भट्टराईर रन्धिर शाह समेतको बिषेश भुमिका रहेको प्रतियोगीताको कोरियोग्राफी मोडल दिक्पाल कार्कीले गरेका थिए । बिभिन्न सांगीतिक तामझामका साथ आयोजित प्रतियोगीतामा बिभिन्न उप शिर्षकमा समेत बिजेता चुनिएको थियो ।

क्याटवाक, ब्याक्तित्व बिकाश, गायन ,नृत्य लगायत बिषयमा दक्ष प्रशिक्षकको प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएको सोविज मिडिया ग्रुपका प्रवल गौतले जानकारी दिए ।

 Image