Successfully Copied

पशुपन्छीमा भिटामिन एको कमी

‘भिटामिन ए’ चिल्लोमा घुलनशील भिटामिन हो । यो पशुपन्छीको खानासँगै पाचनप्रणालीमा पुग्छ । रगतमा रहेको भिटामिन–एको मात्रालाई नै यसको वास्तविक मात्रा मान्न सकिँदैन ।

डा. शरदसिंह यादव एडभान्स्ड हस्पिटल एण्ड रिसर्च सेन्टर 

‘भिटामिन ए’ चिल्लोमा घुलनशील भिटामिन हो । यो पशुपन्छीको खानासँगै पाचनप्रणालीमा पुग्छ । रगतमा रहेको भिटामिन–एको मात्रालाई नै यसको वास्तविक मात्रा मान्न सकिँदैन । भिटामिन ए दैनिक लगभग १०००००–१५००००० आई.यु.बाच्छाबाच्छीलाई, २५००००–२५००००० आई.यु.गाईभंैसीलाई १५००००–२५०००० आई.यु. भेंडाबाख्रा तथा ५०००० आई.यु. कुकुरलाई दिनुपर्छ । पशुपन्छीमा भिटामिन एको कमी लगातार कायम रह्यो भने शरीरका महत्वपूर्ण प्रणालीमा समस्या उत्पन्न हुन्छ । 

१. अँध्यारोमा दृष्टिमा हुने खराबी

जनावरहरूका लागि अँध्यारोमा हेर्न अनुकूल बनाउने रोडोपसिन नामक प्रोटिन महत्वपूर्ण हुन्छ । भिटामिन एको कमीले जनावरहरूको दृष्टि क्षमता कम गर्दै लान्छ । 

२. केराटिनैजेसन र एट्रोफी

भिटामिन एको कमीले आँखा, मुखभित्रको र्‍याल ग्रन्थि, श्वासनली, आन्द्रा, मूत्र तथा प्रजनन् प्रणालीमा रहेको इपिथेलियम तहमा एक प्रकारको अनावश्यक तह थपिन्छ, फलस्वरूप शरीरका यी विभिन्न प्रणालीमा असर पर्छ र प्रभावित अंगहरूमा विभिन्न प्रकारका ब्याक्टेरियाको संक्रमणको जोखिम उच्च हुनपुग्छ । त्यसैगरी नयाँ कोषहरू बन्ने प्रक्रिया, तिनीहरूको वृद्धि एवं विकास पनि रोकिनुका साथै विभिन्न अंगको आकार सानो (एट्रोफी) हुनसक्छ ।

३. हड्डी बन्ने प्रक्रियामा बाधा र स्नायुतन्तुको समस्या 

भिटामिन एको कमीका कारण हड्डीले वास्तविक आकार र लम्बाइ लिन सक्दैन । यसबाट स्नायुतन्तुमा खराबी आई मस्तिष्कको हर्नियासमेत हुनसक्छ । भिटामिन–ए कमी हुँदा देखापर्ने लक्षण

प्राय: पशुपन्छीमा भिटामिन एको कमीले अन्धोपन, मिर्गाैला एवं गर्भ तुहिने समस्या देखा पर्छन् ।

 Image