Successfully Copied

रीताको उपलब्धि

चलचित्र सेतो बाघमा मैंया महारानीको भूमिकामा अभिनय गरेकी रीता चलचित्रभन्दा मिडियामै रमाइलो लाग्ने बताउँछिन् ।

रीता कट्टेल पूर्वाञ्चललाई कर्मक्षेत्र बनाएरै देशभर चिनिने प्रयासमा छिन् । मिडिया पर्सनालिटी बन्ने रहर बोकेकी रीताले इटहरीमा रेडियो जक्कीका रूपमा काम गरेकी थिइन् । मकालु टेलिभिजनमा भिजेका रूपमा काम गरिरहेकी रीता स्टेज शोहरूमा पनि उत्तिकै व्यस्त छिन् । चलचित्र सेतो बाघमा मैंया महारानीको भूमिकामा अभिनय गरेकी रीता चलचित्रभन्दा मिडियामै रमाइलो लाग्ने बताउँछिन् । चलचित्र तथा म्युजिक भिडियोका लागि थुप्रै प्रस्ताव आएको बताउने रीता स्नातक अध्ययनरत छिन् । उनी अध्ययन पूरा गरेपछि मात्र मोडलिङमा लाग्ने योजनामा छिन् । भीजे,  विज्ञापन, मोडलिङ तथा स्टेज शोको एमसीका रूपमा परिचय निर्माण गर्दै अघि बढिरहेकी रीता बिनाकाम खाली बस्न रुचाउँदिनन् । आरजे, भिजे, पब्लिक स्पिकिङ आदि विषयमा प्रशिक्षण समेत दिने कट्टेल विराटनगरको जूनजेली बुटिककी ब्रान्ड एम्बेसडर समेत हुन् । मिस विराटनगरको ट्ेरनिङ कोर्डिनेटर कट्टेलले व्यक्तित्व विकास एवं मिडिया पर्सनालिटीको प्रशिक्षण पनि दिँदै आएकी छिन् । कामप्रति निष्ठा, जाँगर, निरन्तरता तथा आत्मविश्वास छ भने जुनसुकै ठाउँमा बसे पनि फरक पर्दैन भन्ने गतिलो उदाहरण हुन् रीता ।

तस्बिर : महेश प्रधान

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

पहिरन : ट्याक्सी, विराटनगर

मेकअप तथा हेयर स्टाइल : तरुना राई, डेजी नेल आर्ट एन्ड मेकअप स्टुडियो, धरान

लोकेसन : जैन भवन, विराटनगर

 Image