Successfully Copied

गर्मीमा बढी रोग लाग्नुको कारण के हो ?

गर्मीमा धेरैजसोलाई एलर्जी तथा रुघाखोकीको समस्या उत्पन्न हुन्छ । धूवाँ, धूलो एवं सुख्खा मौसमले गर्दा आँखा सुख्खा भै चिलाउने तथा त्यसबाट पानी बग्ने समस्या उत्पन्न हुनसक्छ ।

डा. रजत कायस्थ, फिजिसियन

गर्मीमा लाग्ने रोग के–कस्ता छन् ? 

गर्मीमा धेरैजसोलाई एलर्जी तथा रुघाखोकीको समस्या उत्पन्न हुन्छ । धूवाँ, धूलो एवं सुख्खा मौसमले गर्दा आँखा सुख्खा भै चिलाउने तथा त्यसबाट पानी बग्ने समस्या उत्पन्न हुनसक्छ । गर्मीमा धूलो तथा फूलका परागका कारण छाला सुख्खा अनि कालो हुनसक्छ । पसिना धेरै आउने भएकाले डिहाइड्रेसन हुने तथा टाउको दुख्ने समस्या देखा पर्नसक्छ । 

गर्मीमा बढी रोग लाग्नुको कारण के हो ? 

अहिले पानीको पाइप बिछ्याउन ठाउँ–ठाउँमा बाटो भत्काइएको छ । यसले पनि बढी धूलो उडेको छ । फलस्वरूप रुघाखोकीको समस्या उत्पन्न हुन्छ । पातला पहिरन, चिसा खानेकुरा तथा बासी खानेकुराका कारण पनि रोग लाग्छ । पसिना धेरै आउने भएकाले डिहाइड्रेसन हुन सक्छ । 

यस्ता समस्याबाट जोगिन के गर्नुपर्ला ?

धूवाँ–धूलोको एलर्जीबाट जोगिन बाहिर हिँडडुल गर्दा मास्क लगाउनुपर्छ । गर्मी भयो भन्दैमा सीधै फ्रिजबाट झिकेर चिसा खानेकुरा खानुहुँदैन । घाममा निस्कदा सनग्लास प्रयोग गर्नुपर्छ । छालालाई घामबाट जोगाउन सनस्त्रिन क्रिम लगाउनुपर्छ । डिहाइड्रेसनबाट जोगिन प्रशस्त पानी पिउनुपर्छ । बासी तथा सडेगलेका खानेकुरा खानु हुँदैन । बाटोमा खुल्ला राखिएका खानेकुरा खानुहुँदैन । फलफूल पनि राम्रोसँग पखालेर मात्रै खानुपर्छ । वरपरको वातावरण पनि सफा राख्नुपर्छ 

 Image