Successfully Copied

उपयुक्त क्यालोरी

सर्वप्रथम त शरीर स्वस्थ राख्न आहार नै स्वस्थ हुनुपर्छ । त्यसपछि मात्र अन्य फुड सप्लिमेन्ट्स, शारीरिक व्यायाम, योगजस्ता कुरा आउँछन् ।

 भावना थापा

(डाइटिसियन, सु–स्वास्थ्य अस्पताल, मीनभवन)

शारीरिक स्वास्थ्यका लागि महत्वपूर्ण कुरा के हो ?

सर्वप्रथम त शरीर स्वस्थ राख्न आहार नै स्वस्थ हुनुपर्छ । त्यसपछि मात्र अन्य फुड सप्लिमेन्ट्स, शारीरिक व्यायाम, योगजस्ता कुरा आउँछन् । 

कस्ता खानेकुराबाट शरीरका लागि उपयुक्त क्यालोरी प्राप्त गर्न सकिन्छ ?

प्रोटिन, मिनरल्स, खनिज, कार्बोहाइड्रेड, विभिन्न भिटामिन प्राप्त हुने खाना मात्रा मिलाएर खानुपर्छ । हामी दाल–भात बढी खान्छौं तर फलफूल, ड्राइ फ्रुट्स, चकलेट, चीज, बटरजस्ता खानेकुरा त्यतिविधि खाँदैनौं । शरीरलाई आवश्यक पर्ने क्यालोरी प्राप्त गर्न यस्ता खानेकुरामा पनि ध्यान दिनु जरुरी छ ।

खाने तरिका तथा शरीरलाई आवश्यक पर्ने क्यालोरीको मात्रा ?

शरीरका लागि जरुरी क्यालोरी लिन ब्रेकफास्टदेखि डिनरसम्मको रुटिन बनाउनुपर्छ । दिनको सुरुवात मनतातो पानीबाट गर्दा राम्रो हुन्छ । ब्रेकफास्टमा फ्रुट्सको मात्रा मिलाउनैपर्छ भने लञ्चमा ब्राउन राइस, सागपात तथा अन्य हरिया तरकारी अनि स्न्याक्समा हल्का खाना र रातिको डिनरमा रोटी, सुप, उसिनेका सागसब्जी तथा २ सय ग्राम रोस्टेड वा बोइल्ड चिकेन खाँदा महिलाका लागि आवश्यक १८०० क्यालोरी तथा पुरुषका लागि चाहिने २२०० क्यालोरी प्राप्त हुन्छ ।

 Image