Successfully Copied

विवाहअघि स्वास्थ्य जाँच गराउनुपर्छ

विवाहअघि महिलाले पाठेघरको अवस्था ठीक छ–छैन भनेर अल्ट्रासाउन्ड, गर्भाशयको अवस्था कस्तो छ तथा मिर्गौलाले राम्रोसँग काम गरे–नगरेको जाँच गर्नु उपयुक्त हुन्छ ।

डा.रश्मि श्रीश

आइभीएफ एक्स्पर्ट, नेपाल इन्टरनेसनल फर्टिलिटी एन्ड ल्याप्रोसकोपिक सेन्टर, निदान हस्पिटल

ववाहअघि के–कस्ता स्वास्थ्य जाँच गराउनुपर्छ ?

विवाहअघि महिलाले पाठेघरको अवस्था ठीक छ–छैन भनेर अल्ट्रासाउन्ड, गर्भाशयको अवस्था कस्तो छ तथा मिर्गौलाले राम्रोसँग काम गरे–नगरेको जाँच गर्नु उपयुक्त हुन्छ । यसैगरी प्रोल्याक्टिन जाँच गराउनु वेश हुन्छ । थाइराइड जाँच पनि गराउन सकिन्छ ।

विवाहपछि छिट्टै सन्तान नचाहने दम्पतीका लागि परिवार नियोजनको कुन साधन उपयुक्त हुन्छ ?

सन्तान ढिलो जन्माउन चाहने दम्पतीले कन्डम प्रयोग गर्नु प्रभावकारी हुन्छ । २–३ वर्षको अन्तरका लागि कन्डम तथा पिल्स प्रयोग गर्न सकिन्छ । पिल्सको प्रयोगले मोटाउन सकिन्छ भने अनुहारमा चायाँ पनि आउन सक्छ । कन्डमको प्रयोगले भने त्यस्तो कुनै असर गर्दैन ।

 

विवाहपछि दम्पतीले स्वास्थ्य जाँच गराउनु आवश्यक छ कि छैन ?

परिवार नियोजनका कुनै साधन प्रयोग नगरी श्रीमान्–श्रीमती लामो समय सँगै बस्दा पनि सन्तान नभए दुवैले एचआईभी, हेपाटाइटिस, ब्लड ग्रुप तथा थाइराइड जाँच गराउनुपर्छ । श्रीमान्को सिफिलिस तथा वीर्यको जाँच पनि गराउनुपर्छ ।

 Image