Successfully Copied

मेकअपको जादु

मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई स्लिम देखाउनु छ भने सही मेकअप सहज माध्यम हुन्छ।

मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई स्लिम देखाउनु छ भने सही मेकअप सहज माध्यम हुन्छ । 

अनुहार चौडा छ भने बाहिरी भागमा डार्क सेडको फाउन्डेसन प्रयोग गरी जुन फिचर्सलाई उभार्नु छ त्यहाँ लाइट सेड प्रयोग गर्नुपर्छ । हाइलाइटको मद्दतबाट आफ्नो मुहारलाई स्लिभ देखाउन सकिन्छ । हाइलाइटलाई आइब्रोजका बीचमा प्रयोग गर्नुपर्छ । त्यसपछि नोजब्रिजमा लगाउनुपर्छ । अपर लिप्स चिउँडोको बीच भागमा लगाउनुपर्छ । 

आई मेकअपलाई हाइलाइट गरी अनुहारलाई स्लिम देखाउन सकिन्छ । आँखालाई ब्राइट देखाउने आइस्याडो प्रयोग गर्नुपर्छ । आँखाको कुना र ब्रो–बोन मुनि हाइलाइटर प्रयोग गर्नुपर्छ । डार्क सर्कल्स छ भने आँखालाई हाइलाइट गर्नुको अर्थ हुँदैन, त्यसको नकारात्मक इफेक्ट पर्छ । केट आइजले मोर्डन लुक मात्र प्रदान गर्दैन, स्लिम लुक पनि दिन्छ । कारण यो लुकका लागि लाइनर बाहिर तथा माथिपट्टि प्रयोग गर्नुपर्छ । यसबाट ध्यान फेस बाहिर र आँखामा जान्छ । चिउँडो फ्याबी र बोसोले भरिपूर्ण छ भने जे लाइनमा ब्रोन्जर प्रयोग गर्नुपर्छ । ब्रोन्जर सही ढंगबाट ब्लेन्ड गर्नुपर्छ । 

सिमरी मेकअपबाट पनि अनुहारलाई स्लिम लुक दिन सकिन्छ । सिमरी हाइलाइटरलाई आफ्नो कोलर बोन र चिकबोन्समा प्रयोग गर्नुपर्छ । सिमरी मेकअपलाई फेसको बोनी स्ट्रक्चरमा लगाउँदा अनुहारको बोन्स हाइलाइट हुन्छ । यसो गर्दा फ्याटी भागबाट ध्यान हट्छ र अनुहार स्लिम देखिन्छ । केशबाट पनि अनुहारमा स्लिम लुक प्राप्त गर्न सकिन्छ । केशले मुहार कभर गर्नुभन्दा त्यसलाई स्मार्टली कलर गर्नु राम्रो हुन्छ । केशलाई डार्क सेड दिएर टुप्पोलाई लाइट राख्नुपर्छ । 

आफ्नो अनुहार आसपासको स्ट्रेन्डलाई डार्क सेडबाट कलर गरी क्राउन नजिक कलर्सलाई लाइट राख्नुपर्छ । चिकबोनलाई डिफाइन गरेर पनि फेसलाई स्लिम लुक दिन सकिन्छ । आफ्नो स्किन टोनमा थोरै डार्क सेडको पाउडरबाट आफ्नो चिकबोन नजिक लाइन तान्नुपर्छ । यसलाई कानदेखि लिएर मुखको कर्नरसम्म ब्लेन्ड गर्नुपर्छ । यो लाइनको ठीक माथि आफ्नो फेभरेड ब्लसको लाइन तानी त्यसै प्रकारले ब्लेन्ड गर्नुपर्छ । ब्लसमाथि हाइलाइटरको हिन्ट एड गरी चिकबोन्सलाई डिफाइन गर्नुपर्छ । 

नाकलाई स्लिम लुक दिनुपर्छ । यसबाट मुहार स्लिम देखिन्छ । त्यसपछि डार्क सेडको पाउडरबाट नाकको दुवैतर्फ लाइन तान्नुपर्छ । सानो ब्रसको माध्यमबाट यसलाई राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । हाइलाइटरबाट आइब्रोको बीचदेखि नाकको सेन्टरसम्म लाइट ड्र गर्नुपर्छ । हाइलाइटरबाट नाकको मुख्य भाग हाइलाइट हुन्छ र साइडको डार्क सेड्सबाट नाकलाई स्लिम लुक प्राप्त हुन्छ । यसबाट फेस स्लिम देखिन्छ ।  जे लाइनलाई सार्प लुक दिएर पनि स्लिम लुक प्राप्त गर्न सकिन्छ । आफ्नो जे लाइनमा पाउडरको लाइन ड्र गरी ब्लेड गर्नुपर्छ । यसबाट जे लाइन सार्प देखिन्छ । 

 Image