Successfully Copied

फेसनमा स्ट्रेट स्लिम लुक्स

कतिपय ठाउँमा परिवार वा साथीभाइले सक्सेस पार्टी आयोजित गर्छन् । कहिले आफैले पनि त्यस्तो पार्टी दिनुपर्ने अवस्था आउँछ ।

कतिपय ठाउँमा परिवार वा साथीभाइले सक्सेस पार्टी आयोजित गर्छन् । कहिले आफैले पनि त्यस्तो पार्टी दिनुपर्ने अवस्था आउँछ । यस्तो अवसरमा धेरै आगन्तुक जम्मा हुन्छन् । पार्टीमा अरू बेलाजस्तो भद्दा तथा हैरान पार्ने लुक्समा देखा पर्नु हुँदैन । एकदिनमा चाहेजति वजन घटाउन त सम्भव हुँदैन तर आफ्नो लुक्समा थोरै भए पनि परिवर्तन ल्याउन सकिन्छ । आफ्नो भद्दा लुक्सलाई कुनै उपायद्वारा क्षणभरमै लुकाउन सम्भव छ । यसका लागि पहिरन, मेकअपलगायत अन्य आवश्यक कुरालाई प्राथमिकता दिएर लुक्सको व्यवस्थापन गर्न सकिन्छ । 

वार्डरोवबाट सुरु : मिनेटमै स्लिम देखिन सुरुवात वार्डरोवबाटै गर्नुपर्छ । कालो, नेवी ब्लु आदि गाढा र सादा रंगको पहिरनले स्लिम लुक्स दिन्छ । यसैगरी सेप वेयर लगाएर पनि स्लिम लुक्स बनाउन सकिन्छ । यसकारण आफ्नो वार्डरोवमा स्मार्ट स्लिमवेयर पनि राख्नुपर्छ जुन आवश्यक परेका बेला लगाउन सकियोस् । शरीरको माथिल्लो भाग भद्दा छ भने डार्क सेडको भी नेक लाइन टपमा डार्क कलरको जिन्स तथा स्कर्ट लगाउनुपर्छ । यस्तो पहिरनले स्लिम लुक्स दिन्छ । 

परफेक्ट हेयर कट : स्लिम लुक्सका लागि पहिरनमा मात्र ध्यान दिएर हुँदैन, हेयर कटमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । स्लिम लुक्स बनाउन अनुहारको बनोटलाई पनि मध्यनजर गर्दै हेयर कट गराउनुपर्छ । भर्खरको देखिने चाहना छ भने कलर गरेको हेयर स्टाइल र बेबी हेयर कटबाट टाढै रहनुपर्छ । स्लिम देखिन स्टेटनिङ गर्न सकिन्छ । स्ट्रेट हेयरले स्लिम लुक्स दिन्छ । 

बेस्ट मेकअप ट्रिक्स : क्षणभरमै स्लिम देखिन मेकअप कीट प्रयोग गर्न सकिन्छ । मेकअपमार्फत फरक सेड्स अर्थात् मेकअप ब्रसमार्फत आइडियल फेस कट गरी स्लिम लुक्स प्राप्त गर्न सकिन्छ । अनुहार गोलो आकारको छ भने मेकअप ब्रसको सहायताले लामो वा ओभल सेप दिन सकिन्छ । यसका साथै मेकअप एक्सपर्टहरूसँग स्लिम लुक्सका लागि विभिन्न मेकअप ट्रिक्सका सम्बन्धमा जानकारी लिन सकिन्छ । 

हाईहिलयुक्त  फुट वेयर : सही बडी पोस्चर तथा एटिट्युडका लागि पनि हाई हिल्स काम आउँछ । यसैगरी हाई हिलले स्लिम लुक्सलाई पनि सहयोग गर्छ । स्लिम लुक्स चाहनेहरूले वेज हिल वा प्लेटफर्म हिलका अतिरिक्त पेन्सिल हिल पनि लगाउन सक्छन् ।

 

लाइटवेट ज्वेलरी : स्लिम लुक्सका लागि हेभी एवं रत्नजडित गहना लगाउनु हुँदैन । हलुका सिंगल लेयर भएको ज्वेलरी लगाउनुपर्छ । गह्रौं र मल्टी लेयर ज्वेलरी लगाउँदा लुक्स प्लस साइज देखिन्छ । स्लिम लुक्सका लागि सामान्य इयरिङ वा नेकपिस लगाउनु उपयुक्त हुन्छ । 

सिंगल सेड : पार्टीका लागि वान पिस पनि आकर्षक नै हुन्छ । स्लिम देखिन डबल वा मल्टी कलरका वान पिस लगाउनु हुँदैन । सिंगल कलरको एक पिस पहिरनमा लुक्स स्लिम देखिन्छ । 

 

 Image