Successfully Copied

गजबको केमेस्ट्री समुद्र र देविताको

देविताले पेन्टिङ नगरे पनि उनलाई पेन्टिङको विषयमा पर्याप्त ज्ञान छ । देविता आफ्नी श्रीमतीभन्दा बढी बेस्ट फ्रेन्ड तथा कला समालोचक भएकी समुद्र बताउँछन् । श्रीमतीकै आग्रहमा उनले परम्परागत कलासँगै कम्टेम्परी आर्ट गर्न थाले । समुद्र देविताको आँखाबाट आफ्नो कलाको मूल्यांकन गर्छन् ।

वि.सं २०५८ सालतिर ताहाचलमा सम्पन्न एउटा पेन्टिङ वर्कसपका क्रममा कलाकार समुद्रमान सिंह श्रेष्ठको नजर देवितामा पर्‍यो । देविता कलाकार गोपाल कलाप्रेमीसँग त्यहाँ पुगेकी थिइन् । समुद्रलाई देविता बलिउड कलाकार ऐश्वर्या रायकी बहिनीजस्तै लाग्यो । त्यतिबेला समुद्रको भियोर्स समूह थियो । उक्त समूहले एकपटक मास्क डान्स प्रदर्शन गर्‍यो । देविता त्यहाँ पुन: समुद्रको आँखामा झुल्किइन् । त्यो आकृतिले समुद्रको मनमा हलचल मच्चाउन थाल्यो । तेस्रो पल्ट पर्यटन बोर्डको हलमा आयोजित कलाकार सम्मान कार्यक्रममा देविता पुन: देखा परिन् । उकुसमुकुस थाम्न गार्‍हो भएपछि समुद्रले आँट गरेर हाइ गरे, देविताले पनि मुसुक्क हाँसेर हाइ गरिन् ।

देविता आफैले आर्ट नगरे पनि आर्टलाई माया गर्ने कलापारखी हुन् । उनलाई समुद्रको काम राम्रो लाग्थ्यो तर उनीहरूबीच बोलचाल भैसकेको थिएन । केही समयपछि ओशो तपोवन, नागार्जुनमा आर्ट वर्कसप थियो । समुद्र त्यहाँको रेस्टुरेन्टबाट दुरबिनले प्राकृतिक सौन्दर्य नियाल्दै थिए । उनले अचानक देवितालाई त्यहाँ देखे । त्यो दिनदेखि उनीहरूबीच कुराकानी हुन थाल्यो अनि दुवैको जीवनमा रमाइलो समय सुरु भयो । देविता समुद्रको आवाज र केयर गर्ने उनको स्वभावबाट प्रभावित भइन् । समुद्र फुर्सदमा देवितालाई भेट्न उनको घरमै पुग्न थाले । त्यतिबेला उनले देविताका तीनवटा पोट्रेट बनाए जसमध्ये दुईवटा देवितालाई गिफ्ट दिए । विवाहपछि फ्ल्याट लिएर छुट्टै बस्न थालेको यो जोडीमा अचानक जिम्मेवारी बढ्यो जसले गर्दा समुद्रले दिनरात मेहनत गर्न थाले । समुद्रकै भाषामा भन्ने हो भने विवाहपछि उनी आर्टप्रति अझ सिरियस भएर लागे । 

देविताले पेन्टिङ नगरे पनि उनलाई पेन्टिङको विषयमा पर्याप्त ज्ञान छ । देविता आफ्नी श्रीमतीभन्दा बढी बेस्ट फ्रेन्ड तथा कला समालोचक भएकी समुद्र बताउँछन् । श्रीमतीकै आग्रहमा उनले परम्परागत कलासँगै  कम्टेम्परी आर्ट गर्न थाले । समुद्र देविताको आँखाबाट आफ्नो कलाको मूल्यांकन गर्छन् । समुद्रमा म राम्रो कलाकार हुँ, मैले गरेकै सही भन्ने सोच पटक्कै छैन, श्रीमतीले यसो हुनुपर्ने भनिन् भने त्यसैअनुसार पेन्टिङ गर्छन् ।

अहिले देविता एनिमल राइट्सका पक्षमा सक्रिय छिन् । देविता बिहानदेखि ठूल्ठूला भाँडामा खानेकुरा पकाई टोलभरिका कुकुरलाई ख्वाउने, भ्याक्सिनहरू दिन लगाउने, बिरामी कुकुरलाई आफैले क्लिनिक लाने, राति बोरा, कम्मल लिएर सुताउनेजस्ता काममा व्यस्त हुन्छिन् । समुद्र कहिलेकाहीँ किन यस्तो दु:ख गर्नुपर्‍यो, आनन्दले बस भन्छन् । देवितालाई किन चित्त बुझ्थ्यो र ? त्यसमै खुसी लुकेको छ । नियमित ध्यान गर्ने साईभक्त देवितामा प्रशस्त मात्रामा करुणा छ । यो कुरा बुझेका समुद्रले श्रीमतीको समाजसेवामा फाइनान्सियल सपोर्ट गरिदिन्छन् । जति–जति वर्ष बित्दै गए उति–उति माया बढ्दै गएजस्तो लाग्छ, यो जोडीलाई । 

 

सम्बन्ध टिकाइराख्ने उपाय 

मायामा स्वतन्त्रता एवं इमान्दारिता चाहिन्छ । एक–अर्काप्रतिको विश्वासले स्वतन्त्रता प्रदान गर्छ । इगो बढी भयो भने ब्रेकअप हुने सम्भावना तीव्र हुन्छ । 

 

 Image