Successfully Copied

मौसम सुहाउँदो मेकअप

मौसममध्यकै मनमोहक र सुन्दर ऋतु वसन्तमा मेकअप गर्ने तौरतरिका केही फरक हुन्छ । मौसमलाई ध्यानमा राखेर गरिने मेकअपले सुन्दरतामा निखार ल्याउने भएकाले बदलिँदो मेकअप ट्रेन्डमा अहिलेका सौन्दर्य पारखीहरू पनि अभ्यस्त हुँदै गएको पाइन्छ ।

मौसममध्यकै मनमोहक र सुन्दर ऋतु वसन्तमा मेकअप गर्ने तौरतरिका केही फरक हुन्छ । मौसमलाई ध्यानमा राखेर गरिने मेकअपले सुन्दरतामा निखार ल्याउने भएकाले बदलिँदो मेकअप ट्रेन्डमा अहिलेका सौन्दर्य पारखीहरू पनि अभ्यस्त हुँदै गएको पाइन्छ । स्पष्ट रूपमा भन्नुपर्दा मेकअप मानिसहरूको दैनिकी नै बनेको छ । चाहे त्यो दिउँसो होस् वा बेलुका आयोजना हुने पार्टी नै किन नहोस् । वसन्तको मौसम पनि मनमोहक हुने भएकाले हलुका मेकअपमा सजिएका महिलासमेत निकै सुन्दर देखिन्छन् । 

निरूपा गड्तौला, ब्युटिसियन, टिन क्रियटिभ ब्युटिपार्लर 

फेसको स्किन टोनअनुसार मेकअप गर्नुपर्छ । अनुहारको छाला जति नै तैलीय भए पनि यतिबेला बढी हावा चल्ने भएकाले छाला सुख्खा हुन्छ । फाउन्डेसन फेसमा सुट भएको छैन भने टाढैबाट मेकअप नमिलेको थाहा हुन्छ । कम्तीमा मेकअप गरेको आधा घन्टामा मेकअप मिलेको देखिनुपर्छ । मेकअप गर्ने तरिका मिलेन भने अनुहार फुस्रो देखिन्छ । कसैको त अनुहार नै नीलो देखिन्छ । अनुहारलाई चम्किलो बनाउन राम्रोसँग मेकअप गर्नुपर्छ ।

वसन्त ऋतुमा अनुहारमा चमक देखाउन मोइस्चराइजर, प्राइमर तथा फाउन्डेसनको संयोजन मेल खाने खालको हुनुपर्छ । यसका अतिरिक्त आइमेकअपलगायतका कुरामा उत्तिकै ध्यान दिनुपर्छ । वाटरप्रुफ र माड्दा पनि छिट्टै नजाने उत्पादन राम्रा हुन्छन् ।

गोमा खत्री, ब्युटिसियन द एज ब्युटिपार्लर, कोटेश्वर

वसन्त ऋतुमा हुने अफिसियल पार्टी होस् वा विशेष समारोहमा विशेष हेयर स्टाइल तयार गर्न सकिन्छ । आफूले लगाउन तयार गरेको पहिरन कस्तो छ त्यसमा कुन हेयर स्टाइल उपयुक्त हुन्छ त्यसमा पनि जानकार हुनुपर्छ । अहिले बजारमा धेरै प्रकारका हेयर स्टाइल प्रयोगमा छन् ।। विवाहको मौसममा यो हेयर स्टाइल उपयुक्त मानिन्छ । 

यो सिजनमा कर्ल गरे पनि, स्ट्रेट  गरे पनि केश खुल्ला राखेकै राम्रो मानिन्छ । अधिकांशले रुचाएको र सुहाउँदो स्टाइल पनि यही नै हो । हेयर कटिङ गर्नुपर्दा लामो केश छ भने जिकज्याक वा लेयर कट आकर्षक हुन्छ । छोटो केश वा कुमसम्म केश हुनेहरूले कोरियन कट अवलम्वन गर्नु उपयुक्त हुन्छ ।

रेनु मगर, प्रोत्साहन ब्युटिपार्लर, नख्खु 

परफेक्ट सिजन भनिए पनि हावा चल्ने भएकाले यतिबेला छाला सुख्खा हुन्छ । त्यसैले मोइस्चराइजर प्रयोग गर्न बिर्सनुहँुदैन । दैनिक मेकअपका लागि पहिले क्लिजिङ गरी पछि टोनिङ गर्ने अनि मोइस्चर, सनब्लक, फाउन्डेसन वा बिबी क्रिम लगाउने । बिबी क्रिमले अनुहारमा भएको दाग–धब्बा छोप्न मद्दत गर्छ । त्यसपछि लुज अर्थात् कम्प्याक्ट पाउडर लगाउने । मौसम र पहिरनअनुसार तथा आफ्नो गन्तव्यलाई मध्यनजर राखेर मेकअप गर्ने । पार्टी अर्थात् भेटघाटमा जाने भए हेभी मेकअप गर्ने अन्यथा सामान्य मेकअपले पनि काम चल्छ ।

आँखाको मेकअप गर्दा हल्का आइस्याडो, मस्कारा तथा गाजल लगाउनुपर्छ । अनुहारको मेकअप बढी गर्दा पनि हुन्छ तर डेली मेकअपमा लुक्स सुन्दर देखिन्छ । पहिरनअनुरूप लिपिस्टिक लगाउन सकिन्छ । विशेष गरी पिंक तथा रातो रंगका लिपिस्टिक हरेक पहिरनसँग म्याच गर्छन् । यसका अतिरिक्त ग्लस पनि प्रयोग गर्न सकिन्छ । 

ब्युटिसियन रूपा क्षेत्री, एन्जल ब्युटिपार्लर, कमलपोखरी 

गर्मी पनि बढी नहुने र जाडो पनि बढी नहुने मौसम भएकाले स्किन हेरेर सामान्य मेकअपमै धेरै खुल्न सकिन्छ । छाला हेरेर मेकअप गर्नुपर्छ । यसमा डार्क, अरेन्ज, ब्राइट तथा ह्वाइट कलर हुन्छन् । जुनसुकै मौसममा मेकअप गर्दा फेसकटमा ध्यान पुर्‍याउनुपर्छ । जति गोरो छाला छ उति नै चम्किलो रंगका सामग्री प्रयोग गर्नुपर्छ । डार्क छाला हुनेहरूले डार्क मेकअपमा केन्द्रित हुनुपर्छ । विशेषगरी छाला परीक्षण गरेर कुन प्रकारको मेकअप गर्ने भन्ने निर्णय लिनु उपयुक्त हुन्छ ।

सेतो पनि धेरै नदेखिने र कालो पनि नदेखिने सन्तुलित मेकअप भएकाले ब्रन्ज धेरैको रोजाइमा परेको हो । यो सबै उमेर समूहका महिलाहरूका लागि उपयुक्त हुन्छ । यो मौसममा रंगसँग खेल्न सकिने भएकाले कलरफुल मेकअप उचित मानिन्छ ।

सुमी प्रधान, सोलुसन ब्युटिपार्लर, इन्द्रचोक

मौसम जुनसुकै भए पनि मेकअपका क्रममा प्रयोग गरिने उत्पादन सही तरिकाले प्रयोग गर्न सक्नु नै मेकअप राम्रो हुनु हो । आँखाको मेकअप गर्दा, आइब्रो पोलिस गर्दा, गाजल लगाउँदा, अपर वाटर लाइन बनाउँदा पर्याप्त ध्यान दिनुपर्छ । धेरैजसो युवती पाउडर लगाउन रुचाउँछन् । लगाउन सजिलो भए पनि तरिका मिलेन भने पाउडरले अनुहारको आकर्षण बिग्र त्यसैगरी ग्लस र लिपलाइनर लगाउँदा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

ओठको बाहिरी भागमा लिपलाइनर मिलाएर लगाउने र भित्री भागमा मिल्ने गरी ग्लस प्रयोग गर्ने । यसबाट ओठको आकार राम्रो देखिन्छ । अनुहारको मेकअपको कुरा गर्दा हेयर मेकअप, बडी मेकअपको कुरा पनि आउँछ । घाँटीमा पनि मेकअप गर्न छुटाउनु हुँदैन अन्यथा अनुहारको भाग र घाँटीको भाग छुट्टिएर नराम्रो देखिन्छ । वाटर प्रुफ कस्मेटिक वसन्त ऋतुका लागि पनि उपयुक्त हुन्छन् । सामान्य हावाहुरी, पानी तथा बतासका कारण पनि मेकअप बिग्रने वा लतपत नहुने मेकअपमा जोड दिनुपर्छ ।

 Image