Successfully Copied

ममता र सम्झना बने मिस तथा मिसेस् काभ्रे आइडल

गत सोमबार बनेपास्थित पञ्चकन्या ब्यान्क्वेटमा ‘मिस एण्ड मिसेस् काभ्रे आइडल २०१७’ सम्पन्न भएको छ । अमेजन इन्टरटेन्मेन्टको आयोजनामा संचालन भएको सो प्रतिस्पर्धामा फोटोजेनिक विधाको अवार्ड संगै मिस काभ्रे आइडलको उपाधि ममता तामाङले जितिन् भने मोस्ट इन्टेलिजेन्ट विधाको अवार्ड मिसेस् काभ्रे आइडलको उपाधिमा सम्झना

गत सोमबार बनेपास्थित पञ्चकन्या ब्यान्क्वेटमा ‘मिस एण्ड मिसेस् काभ्रे आइडल २०१७’ सम्पन्न भएको छ । अमेजन इन्टरटेन्मेन्टको आयोजनामा संचालन भएको सो प्रतिस्पर्धामा फोटोजेनिक विधाको अवार्ड संगै मिस काभ्रे आइडलको उपाधि ममता तामाङले जितिन् भने मोस्ट इन्टेलिजेन्ट विधाको अवार्ड मिसेस् काभ्रे आइडलको उपाधिमा सम्झना लामाले विजय प्राप्त गरिन् । मिसको तर्फ क्रमश: रुक्साना कार्की र निकिता मानन्धर फस्ट तथा सेकेन्ड रनर अप विजेता बने । प्रतियोगितामा रुक्साना वेष्ट क्याटवाक र निकिता वेष्ट हेयर अवार्ड पनि उत्कृष्ट ठहरिएका थिए । मिसेस् तर्फ भने गोमा थापा सिंह र जुनी योगल श्रेष्ठ क्रमश: फस्ट तथा सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । प्रतियोगितामा गोमाले वेष्ट स्कीन अवार्ड जितेकी थिइन् भने जुनी मोस्ट पपुलर, भिअर च्वाइस तथा वेष्ट ट्यालेन्ट गरी तीन विधामा ह्याट्रिक गरेकी थिइन् । प्रतियोगिता हिमानी सुम्बाको कोरियोग्राफीमा संचालन भएको थियो ।

मिस काभ्रे आइडलतर्फ अन्य उपाधिहरुमा बेस्ट ट्यालेन्टको उपाधी मनिशा थापाले आफ्नो पोल्टामा पारिन् । मनिशाले मोस्ट पपुलर र बेस्ट ड्रेसको उपाधीपनि सब–टाइटल मार्फत जितिन् । बेस्ट स्किनमा रोजी कपाली, बेस्ट डिसिप्लीन अन्जना श्रेष्ठ, बेस्ट स्माइल किमबेल्ली तामाङ, बेस्ट पर्सनालिटि रोजिना बन्जरा, मोस्ट चार्मीङ रस्मिला तामाङ, मोस्ट एक्टिभ लक्ष्मि मगराती, मोस्ट पंचुअल सर्मीला श्रेष्ठ र मोस्ट कन्फिडेन्ट अनिशा तामाङले सब–टाइटल अन्र्तगत जितेका छन् । यसैगरी मिसेस काभ्रे आइडलतर्फ अन्य उपाधिहरुमा बेस्ट फोटोजेनिक अनामिका पाण्डे, बेस्ट स्माइल करुणा श्रेष्ठ, मोस्ट एक्टिभ निशा भुजेल, बेस्ट पर्सनालिटि मन्जु भुजेल, मोस्ट कन्फिडेन्ट सृजना केसी, मोस्ट चार्मिङ पुनम सापकोटा र बेस्ट ड्रेस अनामिका पाण्डेले सब–टाइटल अन्र्तगत जितेका छन् । 

 Image