Successfully Copied

ब्रिटिश एशियन वेडिङ अवार्डका लागि डिजाइनर संयुक्ता श्रेष्ठ मनोनयन

ब्राइडल वेयरकै लागि संयुक्ताले २०११ मा द पर्फेक्ट वेडिङ अवार्डमा वेष्ट वेडिङ न्युकमर अवार्ड तथा जेपी सेलेक्ट्स एक्सिलेन्स अवार्ड २०११ मा ब्राइडल इनोभेसन अवार्ड प्राप्त गरेकी थिइन् ।

आगामी मार्च ६ तारिखमा लन्डनस्थित मारियोट होटलमा संचालन हुने ‘ब्रिटिश एशियन वेडिङ् अवार्डस् २०१७’ अन्तर्गत वेष्ट वेडिङ डिजाइनर विधामा फेसन डिजाइनर संयुक्त श्रेष्ठ मनोनयमा पर्न सफल भएकी छिन् । उनी संगै यो विधामा पायल मल्होत्रा, काजलस् काउचर, ज्योति चन्डोक लिमिटेड, एकता सोलन्की लगायत डिजाइनरहरु पनि उक्त मनोनयनमा परेका छन्। यस अघि वर्ष २०१७ को प्रारम्भमै संयुक्ता द युके वेडिङ अवार्डस् २०१७ अन्तर्गतको वेष्ट ब्राइडल डिजाइनर विधामा मनोनयमा पर्न सफल भएकी थिइन् । लन्डनमा आफ्नो फेसन डिजाइनिङ कर्मलाई व्यवसायिक विस्तारित रुप दिंदै आएकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठको पहिचान र चर्चा उनको ब्राइडल वेयरका लागि रहेको छ । 

ब्राइडल वेयरकै लागि संयुक्ताले २०११ मा द पर्फेक्ट वेडिङ अवार्डमा वेष्ट वेडिङ न्युकमर अवार्ड तथा जेपी सेलेक्ट्स एक्सिलेन्स अवार्ड २०११ मा ब्राइडल इनोभेसन अवार्ड प्राप्त गरेकी थिइन् । यसैगरी २०१२ मा सोर्स अवार्ड अन्तर्गत ग्लोबल अवार्डस् फर सस्टेनेबल फेसनमा हाइली कमेन्डेड ब्रान्ड लिडर तथा द पफेक्ट वेडिङ अवार्ड २०१३मा हाइली कमेन्डेड नेम टु वाचको सम्मानबाट सम्मानीत भइसकेकी छिन् । संयुक्ताले तयार पारेको पीपा गाउन लन्डनस्थित बाथ फेसन म्युजियममा संग्रहित रहेको छ ।

संयुक्ताद्वारा तयार गरिएको पीपा गाउन इको फ्रेन्ड्ली फेसनको ज्वलन्त नमूना हो । जसलाई तीस वर्ष पुरानो न्युजपेपर तथा नेपाली हाते बुना अर्गानिक कटन प्रयोग गरी बनाइएको हो । यसको सुन्दरतामा तीस हजार स्वरोस्की क्रिस्टलले शोभा बढाएको छ । 

 Image