Successfully Copied

रंगमञ्च र चलचित्रको अभिनयमा पोख्त मेनुका

मैले भर्खरै केही म्युजिक भिडियोमा पनि काम गरेकी छु ।

कलाकार मेनुका प्रधान

हिजोआज चलचित्रमै व्यस्त हुनुहुन्छ ?

त्यस्तो पनि होइन, म रंगमञ्चबाट उदाएकी कलाकार हुँ । त्यसैले चलचित्रमा मात्र अभिनय गर्छु भन्ने छैन । मैले भर्खरै केही म्युजिक भिडियोमा पनि काम गरेकी छु ।

अहिले गाजलु, पुरानो डुँगा आदिबाट दर्शकको माया पाउनुभएको छ नि ?

यी चलचित्रमार्फत मैले धेरै दर्शकको माया पाएकी छु । अब रंगमञ्चका केही प्रोजेक्टमा पनि लाग्दैछु । म कलाकार हुँ, जहाँबाट राम्रो अफर आउँछ, उतै देखिन्छु ।

रंगमञ्चमा लागेको कति वर्ष भयो ?

६–७ वर्ष भयो । म अनुप बरालसँग अभिनय सिकेर नाटकमा लागेकी हुँ । मैले ८ वटाजति नाटकमा काम गरिसकेकी छु जसलाई दर्शकहरूले रुचाउनुभएको छ ।

मन छोएको आफ्नो काम ?

तीन एकान्त नाटकमा काम गर्दा धेरै कुरा सिक्ने, सिकाउने र बुझ्ने अवसर प्राप्त गरें ।

बाल्यावस्थामा के बन्ने सपना पाल्नुभएको थियो ?

नाच्न, कथा भन्न अनि अभिनय गर्न रुचाउँथें । म त्यसमै रमाउँथें र कलाकार नै बन्छु भन्ने थियो । मैले कहिल्यै अभिनयबाहेक अरू केही सोचिन ।

रंगमञ्च र चलचित्रको अभिनयमा के–कस्तो अन्तर पाउनुभयो ?

अभिनय त अभिनय नै हो, काम गर्ने तरिका र दर्शकले दिने रेस्पोन्स मात्र फरक हो । रंगमञ्चमा काम गर्दा तुरुन्तै रिजल्ट आउँछ, प्रशंसा वा गाली स्टेजमै पाइन्छ भने चलचित्रमा एकैपटक धेरै दर्शकले हेर्छन् । दुवैको मजा फरक छ ।

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?

फुर्सद भयो भने एक्लै शान्त बस्न रुचाउँछु । घरमै मुभी हेर्न, खाना बनाएर खान तथा एकान्तमा घुम्न पनि मन पराउँछु ।

पकाउन कत्तिको आउँछ ?

पकाउन त निकै जाँगर चल्छ । मलाई सबै प्रकारका परिकार पकाउन आउँछ । त्यसमा पनि विभिन्न परिकारलाई आफ्नै तरिकाले बनाएर खान रुचाउँछु ।

कत्तिको घुम्नुहुन्छ ?

घुम्न त एकदमै घुम्छु । कुनै नयाँ ठाउँमा जाँदा त्यहाँको प्रकृतिमा आफूलाई हराउँछु ।

आफू कत्तिको फेसनेबल छु जस्तो लाग्छ ?

फेसन ट्रेन्डको पछि त कहिल्यै हिँड्दिन । आफूलाई कस्तो पहिरन सजिलो लाग्छ त्यसमै हिँड्छु । आफूसँग जे छ त्यसैलाई आफ्नै तरिकाले लगाएर हिँड्छु ।

काम गर्दा सजिलो र रमाइलो लागेका कलाकार ?

गाजलुको टिमसँग एकदमै रमाइलो भएको थियो ।

तपाईं कस्तो स्वभावकी हुनुहुन्छ ?

हाउडे, एकदमै इमोसनल, धेरै सोच्ने तथा मनमा कुरा खेलाइरहने स्वभावकी ।

अभिनयबाहेक अरू केमा रुचि छ ?

घरको डेकोरेसनका साथै गार्डेनिङ एवं ड्रेस डिजाइनमा ।

 Image