Successfully Copied

टिनएजर पार्टी लुक्स

लन्डनमा मेकअप आर्टसम्बन्धी कोर्स पूरा गरेर उतै मेकअप आर्टिस्टका रूपमा सक्रिय श्रद्धाले अहिले नेपालमै केही नयाँ गरौं भनेर आफ्नै मेकअप स्टुडियो खोलेकी छिन् ।

लन्डनमा मेकअप आर्टसम्बन्धी कोर्स पूरा गरेर उतै मेकअप आर्टिस्टका रूपमा सक्रिय श्रद्धाले अहिले नेपालमै केही नयाँ गरौं भनेर आफ्नै मेकअप स्टुडियो खोलेकी छिन् । उनले नारीका लागि टिनएजर पार्टी मेकअप थिममा मोडल मतिना ताम्राकारको मेकओभर गरेकी छिन् । श्रद्धाका अनुसार मोडलको फेसकट सार्प भएकाले उनलाई सफ्नेस बनाउनुपर्छ । तसर्थ उनले मेकअप, आइब्रो सबै नै सफ्ट बनाएर यो मेकअप गरेकी छिन् ।

मतिनाको अनुहार लामो भएकाले चिनमा स्याडो दिएकी छिन् । उनको आँखामा श्रद्धाले हलो आइ मेकअप गरेकी छिन् । मतिनाको फिचर सार्प भएकाले आइलाइनर प्रयोग नगरी आइलाइसेस मात्र लगाइएको छ । मतिनाको परेला कर्ल गरी मस्कारा लगाइएको छ । टिनएजर भएकीले हल्का पिंक लिप नै उनलाई सुहाएको छ । कन्ट्रोलर र हाइलाइटरले मतिनाको सेपमा सफ्टनेस दिएर मेकओभर गरिएको छ । युवापुस्तामाझ पार्टीका लागि यही थिमको मेकअप उपयुक्त हुने श्रद्धा बताउँछिन् ।

मेकअप : श्रद्धा मास्के, मेकअप आर्टिस्ट

द एक्जिभिट मेकअप एन्ड फोटोग्राफी स्टुडियो, पुल्चोक

मोडल : मतिना ताम्राकार

तस्बिर : महेश प्रधान

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

 Image