Successfully Copied

इतिहास रच्दै अञ्जली

संघर्षका विभिन्न चरण पार गरेर नेपाली मोडलिङमा फरक पहिचान बनाएकी तेस्रोलिंगी मोडल अञ्जली लामा यतिबेला मिडियामा छाइरहेकी छिन् ।

संघर्षका विभिन्न चरण पार गरेर नेपाली मोडलिङमा फरक पहिचान बनाएकी तेस्रोलिंगी मोडल अञ्जली लामा यतिबेला मिडियामा छाइरहेकी छिन् । भारतको मुम्बईमा सञ्चालित ल्याक्मे फेसन विक–२०१७ मा छनोट भएपछि नेपाल एवं भारतका साथै विश्वभरका मिडियामा अञ्जलीको चर्चा छ । ल्याक्मे फेसन विकको उत्कृष्ट पाँचमा पर्न सफल भएपछि उनलाई डेली मेल, वासिङ्टन पोस्ट, आज तक, एसियन एज, साउथ लाइभजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत राम्रो स्थान दिए । अग्लो कद, खिरिलो शरीर तथा सुन्दर अनुहारकी लामा पुरुषबाट महिला बनेकी हुन् भन्ने कुरा पत्याउन धेरैलाई गार्‍हो पर्छ ।

नेपाली मोडलिङमा स्थापित भैसकेकी सुपर मोडल बन्ने उद्देश्यकी अञ्जलीलाई फेसन विकको सहभागिताले त्यो मार्गमा अघि बढ्न प्रेरित गरेको छ । फेसन विकका तीनवटा चरणमा दर्जनौं मोडललाई पछि पार्न सफल अञ्जलीका बारेमा अमेरिकाको प्रसिद्ध म्यागजिन द वासिङ्टन पोस्टले एउटा विशेष सामग्री तयार पारेको थियो । लेक्मी फेसन विकको अठार वर्षे इतिहासमा यसअघि कुनै पनि तेस्रोलिंगी मोडल सहभागी भएका थिएनन् । 

 Image