Successfully Copied

नि:सन्तानका कारण हुने हिंसाविरुद्धको उजुरी शून्य

बाँझोपनका कारण नि:सन्तान भएपछि दम्पतीले सामाजिक आक्षेप खेप्छन् । यसमा पुरुषको तुलनामा महिला बढी तिरस्कृत हुन्छन् ।

बाँझोपनका कारण नि:सन्तान भएपछि दम्पतीले सामाजिक आक्षेप खेप्छन् । यसमा पुरुषको तुलनामा महिला बढी तिरस्कृत हुन्छन् । श्रीमान्को दैनिक दुव्र्यवहार, धाकधम्की मात्र नभएर परिवार तथा आफन्तको कुदृष्टि सहनुपर्छ । उनीहरू खुलेर त्यसको प्रतिकार गर्न सक्दैनन् । जसले गर्दा प्राय:जसो महिला हिंसाको सिकार बन्छन् । निम्न आय वर्गका महिला यसबाट पीडित छन् ।

बहुविवाह, घरेलु हिंसा, अवहेलना आदि उनीहरूको नियमितता हुन्छ । श्रीमान्का कारण सन्तान नहुँदा पनि श्रीमतीले नै दुव्र्यवहार खेप्नुपर्ने तीतो यथार्थ समाजमा छ । श्रीमतीबाट बच्चा नरहने भए समाजले श्रीमान्लाई बहुविवाह गर्न प्रेरित गर्छ । सामाजिक संरचनाले गर्दा श्रीमतीले बहुविवाहविरुद्ध कानुनी लडाइँ लड्न सक्दैनन् ।

कानुनी उपचारमा जाँदा अझ पीडा खेप्नुपर्ने हो कि, खान लाउनै नपाइने हो कि भन्ने भयले पीडा लुकाएर बसेका घटना अनेकौं छन् । दबाब एवं धम्कीको डरले महिलाले यस्तो पीडा आफैभित्र दबाएर राख्ने गरेका हँुदा यस्ता घटना कमै सार्वजनिक हुने गरेका छन् ।

 Image