Successfully Copied

लैंगिक समानतासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम

फेब्रुअरी १८ तारिखका दिन ललितपुरमा लैंगिक समानतासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम हुने भएको छ । लैंगिक समानताको थिममा सन् २०१० मा लन्डनमा वाउको आयोजना भएको थियो । त्यसपछि ५५ वटा देशमा वाउ शीर्षकमा विभिन्न कार्यक्रम सम्पन्न भैसकेका छन् ।

फेब्रुअरी १८ तारिखका दिन ललितपुरमा लैंगिक समानतासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम हुने भएको छ ।

लैंगिक समानताको थिममा सन् २०१० मा लन्डनमा वाउको आयोजना भएको थियो । त्यसपछि ५५ वटा देशमा वाउ शीर्षकमा विभिन्न कार्यक्रम सम्पन्न भैसकेका छन् । नेपालका लागि ब्रिटिस काउन्सिलले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । यो कार्यक्रममा भारत, बंगलादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तान आदिका साथै बेलायतबाट समेत प्रतिनिधिहरू सहभागी हुनेछन् । कार्यक्रम स्टाफ कलेज जाउलाखेलमा हुनेछ ।

त्यसमा ४ वटा विषयमा प्यानल छलफल, ४५ जना विभिन्न व्यक्तिसँग स्कुले नानीको अनुभव आदानप्रदान तथा २५ जना महिलाले तयार पारेका सामग्रीका स्टल रहनेछन् । परफर्मेन्स सेक्सनमा अभया सुब्बा, सविन राई, सर्कस काठमाडौं, वार्ट ल्याबका साथै नृत्य–गायन आदिको प्रस्तुति समेटिनेछ । उक्त अवसरमा लुनिभा तुलाधर, चरीमाया तामाङ, सोफी सुनुवार, सूर्य कुँवर आदिको आत्मकथा सुन्न सकिनेछ । यो कार्यक्रमको संचालन माल्भिका सुब्बाले गर्ने ब्रिटिस काउन्सिलकी मारकम्स एन्ड लर्निङ सेन्टर म्यानेजर सुचित्रा श्रेष्ठले बताइन् । 

 Image