Successfully Copied

सुष्माको प्रेमकथा सिमल

ठडिन खोज्दाखोज्दै प्रकृतिले ढलाएको प्रेमको निर्मम कथा हो ‘सिमल’ । उपन्यासकार सुष्मा खड्काले यो उपन्यासमार्फत एउटी युवतीको प्रेम र समाजलाई हेर्ने दृष्टिकोण व्यक्त गरेकी छिन्

ठडिन खोज्दाखोज्दै प्रकृतिले ढलाएको प्रेमको निर्मम कथा हो ‘सिमल’ । उपन्यासकार सुष्मा खड्काले यो उपन्यासमार्फत एउटी युवतीको प्रेम र समाजलाई हेर्ने दृष्टिकोण व्यक्त गरेकी छिन् । भक्तपुरको ग्रामीण परिवेशमा हुर्किएकी एउटी युवतीको जीवनमा आएका उतारचढाव, उनको भोगाइ, प्रेम, परिवारप्रतिको जिम्मेवारीबोध एवं त्यस क्रममा देखिएको मानसिक अन्तरद्वन्द्वलाई यो उपन्यासले राम्रैसँग केलाएको छ ।

भनिन्छ–संसारमा हरेक कुरा परिवर्तनशील छन् । एउटा पत्थर पनि खिएर वर्षौंपछि माटो बन्छ । त्यस्तै जटिलताबाट बिस्तारै सहजतातर्फ बढ्दै गएको प्रेमको वर्तमान परिवेशलाई समेट्न खोजेको छ सिमलले । यसमा एउटा आदर्श परिवारको कथा पनि छ । सिमलमा राजनीतिक स्वार्थ प्राप्तिका लागि प्रेमलाई कसरी प्रयोग गरिन्छ भन्ने सहायक कथा पनि जोडिएको छ । यो उपन्यासको मूल्य ३ सय ७३ रूपैंयाँ राखिएको छ ।

 Image