Successfully Copied

नीलडेभिड कटवालले ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याए

हेयरस्टाइलिस नीलडेभिड कटवालले नेपालमा पहिलो पटक आफ्नो ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । नेपाली चलचित्रकी अभिनेत्री गौरी मल्लले सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा उक्त स्टुडियो उद्घाटन गरेकी हुन ।

हेयरस्टाइलिस नीलडेभिड कटवालले नेपालमा पहिलो पटक आफ्नो ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । नेपाली चलचित्रकी अभिनेत्री गौरी मल्लले  सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा उक्त स्टुडियो उद्घाटन गरेकी हुन । एनडिके मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकेडेमीमार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला तथा  पुरुषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबैखाले सेवा उपलब्ध हुने कटुवालले बताए । उक्त मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था छ  । 

यहाँ सेलिब्रेटी मेकअपदेखि सुटिङ, फोटो सेसन र सेलिब्रेटी र सर्वसाधारणले स्टुडियोमा आएर मेकअप गरी सिधै पार्टी र सुटिङमा जान सक्नेछन् । पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजभतेरलगायत महत्वपूर्ण कार्यक्रममा जाादा विशेष देखिन शृङ्गारगृहमा गई तयार भई जाने क्रम बढेको छ । ब्युटिपार्लरमा महिलाका लागि मात्र मेकअपको सुविधा भए पनि उक्त स्टुडियोमा पुरुषका लागिसमेत सुविधा उपलब्ध छ । कटवालले बेलायतमा गई ओस्कार अवार्ड विजेता हलिउड हेयर एन्ड मेकअप आर्टिस्ट क्रिस्टिना बलेन्डासँग मेकअप कोर्स गरेका छन् । कटवालले नेपाल र भारतका विभिन्न स्थानमा अत्याधुनिक सुविधा भएका सैलुन सञ्चालन गर्दै आएका पनि छन्।

 Image