Successfully Copied

नयाँ पुस्ताका नायिकाहरूले आफ्नो पारिश्रमिक आफैं तोक्न थाले

केही समय अघिसम्म पनि नायकको तुलनामा नायिकाहरू पारिश्रमिकका दृष्टिले पीडित थिए । अहिले समय फेरिएको छ ।

सम्राज्ञी राज्यलक्ष्मी नायिका

केही समय अघिसम्म पनि नायकको तुलनामा नायिकाहरू पारिश्रमिकका दृष्टिले पीडित थिए । अहिले समय फेरिएको छ । नयाँ पुस्ताका नायिकाहरूले आफ्नो पारिश्रमिक आफैं तोक्न थालेका छन् । यसको उदाहरण हुन्–नायिका सम्राज्ञी राज्यलक्ष्मी राणा । क्लासिक डायमण्ड फेस अफ द इयरबाट मोडलिङमा पाइला चालेकी राणा युवापुस्ताबाट रुचाइएकी नायिका हुन् । उनको डेब्यू चलचित्र ड्रिम्सले प्रशंसा मात्र बटुलेन, त्यसले उनलाई उत्कृष्ट नवनायिकाको अवार्डसमेत दिलायो ।

नायिका हुन शारीरिक सौन्दर्यका साथै एटिच्युट, हाइट, अभिनय कलादेखि नृत्य, फाइट, मेकअप तथा ड्रेस सेन्ससमेत हुनुपर्ने राणा बताउँछिन् । यही क्षेत्रमा स्थापित हुने योजना बनाएकी सम्राज्ञी सेलेक्टेड चलचित्रमा मात्र अभिनय गर्ने तथा पारिश्रमिकमा सम्झौता नगर्ने नायिकाका रूपमा परिचित छिन् । युवापुस्ताले यस्ता कुरामा आफूलाई उचित ठाउँमा राख्न सक्नुपर्ने उनको धारणा छ ।

हिजोआज रहरैरहरमा चलचित्रमा देखिने तथा एउटा चलचित्रमा काम गरेपछि हराएर जाने नायिकाको संख्या बढिरहेको तर आफू भने त्यो कोटिमा नपर्ने सम्राज्ञी बताउँछिन् । राणालाई धेरैले घमण्डी नायिका भने पनि उनी भने आफ्नो व्यवहारमा घमण्ड नभै एटिच्युट झल्कने दाबी गर्छिन् ।

 Image