Successfully Copied

हँसिली एवं धैर्यशील व्यवसायी सरिता विष्ट

शालीन, हँसिली एवं धैर्यशील सरिता विष्ट अफिस आवरदेखि आफ्नो कार्यालय लिन्क स्टक ब्रोकरमा व्यस्त हुन्छिन् ।

सरिता विष्ट, व्यवसायी 

शालीन, हँसिली एवं धैर्यशील सरिता विष्ट अफिस आवरदेखि आफ्नो कार्यालय लिन्क स्टक ब्रोकरमा व्यस्त हुन्छिन् । २०६८ सालमा उनले स्टकको व्यवसाय प्रारम्भ गरेकी हुन् । विष्टले पुरुषहरूको वर्चश्व रहेको शेयर मार्केटमा आफ्नो व्यवसायलाई सशक्त ढंगले अघि बढाएकी छिन् । सरिता भन्छिन्–केही समयअघि महिलाहरूको जीवन एकोहोरो थियो त्यसमा खासै समस्या थिएन तर अहिले घर तथा करियरले गर्दा व्यवस्थापनमा कठिनाइ सिर्जना हुन थालेको छ । यस्ता कठिनाइलाई उनी धैर्यपूर्वक निदान गर्छिन् ।

फुर्सदमा पुस्तक पढ्न तथा बारीमा रम्न रुचाउने सरिता महिलाहरूको जीवनलाई निकै रमाइलो मान्छिन् । आफ्नो सफलतामा परिवार तथा आफ्ना श्रीमान्को साथको महत्वपूर्ण भूमिका रहेको उनको तर्क छ । ईश्वरप्रति आस्था राख्ने विष्ट जे नराम्रो भए पनि त्यो राम्रोकै लागि हो भन्ने साध्यमा जिउँछिन् । सरिता व्यवसायबाहेक सामाजिक सेवामा पनि सक्रिय छिन् ।

संयोजन : झरना नहर्की 

तस्बिर : श्रुति श्रेष्ठ

 Image