Successfully Copied

किन्डरगार्डेन प्रिन्स एण्ड प्रिन्सेस नेपाल सम्पन्न

विभिन्न उमेर समूह अन्तर्गत आयोजना हुँदै आइरहेका सौन्दर्य प्रतियोगिताहरुको माझ किन्डरगार्डेन अध्ययनरत नानीहरुमा केन्द्रित प्रतिस्पर्धाहरु पनि आयोजना हुने क्रम प्रारम्भ भएको छ ।

विभिन्न उमेर समूह अन्तर्गत आयोजना हुँदै आइरहेका सौन्दर्य प्रतियोगिताहरुको माझ किन्डरगार्डेन अध्ययनरत नानीहरुमा केन्द्रित प्रतिस्पर्धाहरु पनि आयोजना हुने क्रम प्रारम्भ भएको छ । यसै सन्दर्भमा हालै राजधानीमा ‘किन्डरगार्डेन प्रिन्स एण्ड प्रिन्सेस् २०१७’ नामक प्रतियोगिता सम्पन्न भएको छ । साना नानीहरुको यो प्रतिस्पर्धामा प्रिन्स तर्फ ११ जना र प्रिन्सेस् तर्फ १४ जना सहभागिहरु थिए । जसमा प्रोमिनेन्ट किड्स स्कुलमा अध्ययनरत रौनक भण्डारी र जियाना रेश्मीले प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा मायन्क राउत तथा आकृशा श्रेष्ठ फस्ट रनरअप भए भने लुकस अधिकारी तथा समृष्टि बुढाथोकी सेकेन्ड रनर अप छनौट भए ।

प्रतितयोगिताको अन्य उपाधिहरुमा मिचल गोले लामा र सुमित भट्ट पब्लिक च्वाइस, एस तामाङ वेष्ट हेयर, माधवी पाण्डे बेष्ट फ्रण्डशीप, जसन श्रेष्ठ बेष्ट क्याटवाक, अभिगइल महत वेष्ट स्माइल, योञ्जन कार्की वेष्ट ट्यालेन्ट, श्रीयन बस्नेत बेष्ठ क्याटवाक, अञ्जली दाहाल बेष्ट डिसिप्लिन, जेनिश गुरुङ बेष्ठ हेयर, आजसी ढुंगेल बेष्ट डिसिप्लिन, सन्भी तन्डुकार बेष्ट ब्युटि, अभिश पाठक पर्सनालिटी, मुस्कान श्रेष्ठ बेष्ट फ्रन्डशीप, लानीरानी गाम्देन तामाङ बेष्ट ट्यालेन्ट, श्रीया बिष्ट फोटोजेनिक, अवतार सिहं गुरुङ जेनरस विधाको अवार्ड प्राप्त गर्न सफल भए । आरके इन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफी निशा आचार्यले गरेकी थिइन् । 

 Image