Successfully Copied

वेभरेज र बरिस्टामा रोजगारीको अवसर

युवापुस्ताको सीप, क्षमता एवं ज्ञानको कदर गर्ने अवसरका थुप्रै ढोका स्वदेशमै खुल्ला हुँदै गएका छन् । कतिपय कोर्स तथा विदेशी करिकुलम नेपालमा अध्ययनका लागि सम्भव नभएपछि शिक्षा र सीपका लागि अझै पनि युवाहरू दैनिकजसो विदेसिनु परेको तीतो यथार्थ हाम्रो सामु छ

युवापुस्ताको सीप, क्षमता एवं ज्ञानको कदर गर्ने अवसरका थुप्रै ढोका स्वदेशमै खुल्ला हुँदै गएका छन् । कतिपय कोर्स तथा विदेशी करिकुलम नेपालमा अध्ययनका लागि सम्भव नभएपछि शिक्षा र सीपका लागि अझै पनि युवाहरू दैनिकजसो विदेसिनु परेको तीतो यथार्थ हाम्रो सामु छ । यद्यपि पछिल्लो समय नेपालमा पनि विभिन्न प्रकारका अवसर सिर्जना हुँदै गएका छन् । यसको राम्रो उदाहरण हो–बरिस्टा म्यानेजमेन्ट र वेभरेज । बरिस्टा म्यानेजमेन्ट र वेभरेजमा राम्रो सीप भएका युवतीहरू आत्मनिर्भर हुन सक्ने अवस्था बढ्न थालेको छ ।

बरिस्टा म्यानेजमेन्ट भनेको कफी साइन्स हो । यो कफी बनाउने कला पनि हो । हामीले खाने कफीमा गरिने आर्ट यसको मुख्य पाटो हो । यो छुट्टै र फरक किसिमको रोजगारका रूपमा परिचित हुँदै गएको छ । वेभरेज बार केन्द्रित काम हो । यी रोजगारका लागि पूरा तालिम लिएर काममा लाग्ने हो भने महिलाहरूलाई काम गर्नसमेत सहज छ । नेपालमा बरिस्टा म्यानेजमेन्ट भित्रिएको तीन वर्ष भयो तर यो पेसामा मानिसहरूको सक्रियता बढेको दुई वर्ष मात्र भएको छ । यसको मार्केट पनि राम्रो छ । रेस्टुराँ, फास्टफुड आदिमा मानिसहरूले बरिस्टा म्यानेजमेन्टको मेसिन इन्स्टल गर्न थालेपछि कफी बनाउने व्यवसाय फस्टाएको छ ।

 

बरिस्टा र वेभरेजमा रोजगार 

१५ दिनको तालिम लिने हो भने बरिस्टाको पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । वेभरेज प्रमुख हो भने बरिस्टा यसको एक मात्र हिस्सा हो । वेभरेज बार ट्रेन्डी कार्य हो । त्यसमा बारको काम गरिन्छ । वेभरेजको तालिम कम्तीमा साढे दुई महिना लिनु आवश्यक हुन्छ । यो तालिम अवधिभर सैद्धान्तिक तथा व्यावहारिक दुवै हिसाबको कोर्स गर्नुपर्ने हुन्छ । नेपालमा हाल बरिस्टा र वेभरेजको रोजगार उपत्यकामा सीमित छ । हुन त उपत्यकाबाहेक पोखराजस्तो सहरमा पनि यसको रामै्र छाप परिसकेको छ । उपत्यकामा संचालित रेस्टुराँ, कफी सप, फास्टफुडहरूमा अहिले बरिस्टा मेसिन इन्स्टल गर्ने चलन बढेको छ । जति धेरै मेसिन इन्स्टल गर्‍यो उति नै जनशक्तिको खाँचो पर्ने भएकाले नेपालमा यसको रोजगारी पनि बढ्दै गएको हो ।

बरिस्टा र वेभरेज बनाउने ज्ञान भए स्वदेश तथा विदेशमा पनि सजिलै अवसर प्राप्त गर्न सकिन्छ । बरिस्टा र वेभरेजको तालिम लिन हाल उपत्यकामा संचालित कक्टेल एन्ड ड्रिम्स, स्कुल अफ बार मास्टर एन्ड बरिस्टा म्यानेजमेन्टमा सम्पर्क गर्न सकिन्छ । यहाँ ट्रेनिङका साथै इन्टर्नसिप पनि गराइन्छ । पढाइ र सिकाइका माध्यमबाट तालिम दिइने कक्टेल एन्ड ड्रिम्समा समयअनुसार रोजगारीको अवसर पनि प्रदान गरिन्छ । महिलाहरूका लागि प्रभावकारी एवं आकर्षक मानिएको बरिस्टा र वेभरेजसम्बन्धी तलब पनि आकर्षक हुन्छ । विदेशमा पनि बरिस्टा र वेभरेजसम्बन्धी रोजगारी प्राप्त गर्न गाह्रो नपर्ने कक्टेल एन्ड ड्रिम्सका राजकुमार डिसी बताउँछन् ।

आधुनिक जीवनशैलीसँगै यो पेसा रोजगारका हिसाबले पनि फराकिलो बन्दै गएको छ । वेभरेज कम्पनीहरूमा सेल्सको कामदेखि लिएर कफी बनाउने रोजगारीका लागि वेभरेज र बरिस्टा भनेजस्तो अवसर पाइने पेसाका रूपमा परिचित हुँदै गएको छ । प्रभावकारी एवं सजिलो पेसा भएकाले महिलाहरूमा यसप्रति आकर्षण बढ्नु स्वाभाविक हो । 

 Image